अाज म लजित छु
अाफै कविता लेखेर
कवि हुने रहर देखेर
लज्जित छु साहित्य र भाषा न बुझी
त्यसकाे अपमान गरेकाेमा
म त भ्रमजाल भित्र रहेछु
अाफु कसरी निस्कने
अर्जुन त निक्लन सक्याे
चक्रब्यूबाट
उ अाफै याेग्य साथै
द्राेणाचार्य उसकाे गुरु,
एकलब्य पनि कसरी हुने
कसैलाई गुरूकाे अाधार बनाएकाे छुईन
अाज धेरै याेग्य,धेरै ज्ञानी
दाज्यु ,भाइ अनि साथीहरू भेटे
उनीहरू काे अगाडि अाफै विद्वान छु भन्न खाेजे
उनीहरू सँग पनि म लज्जित छु
अाफ्नाे झुठो चित्र काेरेर
बाँच्न खाेजेकाेमा अाफै लज्जित छु
भावनाहरू सँग खेलेर
अरूलाई भुमरी भित्र हालेकाेमा
अाफै लज्जित छु
कुन घुइँचो भित्र अाफैलाई खाेज्नु
कहिले कुनामा अाफैलाई एकलाे पाउँछु
कहिले यही शरीर भित्र
अाफैलाई अर्काे पाउँछु
कहिले हारेर सिरानी मा आँसु झार्छु,
सिरकले मुख छाेप्दै अाफैसित लज्जित हुन्छु
कुन चित्र काेरेर याे अनुहार देखाउनु
एक कुनामा बसेर अाफै हराउँछु।