ब्यस्त भिडमा हराएको अनुहार
अमुर्त नाटक भित्र हर साँझ हराउदै छ
मक्ख पर्छ दर्शकवृन्दको भिड देखेर
तालि बज्छ , सुन्छ प्रशंसाहरु
घमण्डी बन्छ अनि पर्छ ओझेलमा
संसार जित्न छ उसलाई
नौलो प्रतिमा बनाउन छ उसलाई
पुरानो अरुको रेकड तोड्नु छ उसलाई
नयाँ कीर्तिमान रच्न छ उसलाई
हर दिन रात समाचारमा हुनु छ उसलाई
समालोचकको दिमागमा गुमी रहनु पर्छ उसलाई
विज्ञापन भएर बजार भरि छरिनु पर्छ उसलई
राजनीति मा पनि हात जोडीराको देख्छु
भगवानको मन्दिरमा पनि भिख माङ्दै गरेको देख्छु
उसको भोख मर्दैन जब सम्म उ मर्दैन
अमुर्त नाटक बाट प्रसिद्धी कमाए देखि
उसले कसैलाई चिन्दैन
मनोविज्ञान क्षति ग्रस्थ भएको छ
हर दिन उसको नयाँ अमुर्त नाटक हुन्छ
अनि नयाँ नयाँ चरित्र प्रश्तुत गरिरहेको हुन्छ
सबैलाई भ्रम मा पारी दिन्छ
अवस्था यस्तो अाई सकेको छ
कुन दिन आँफैले म भगवान हो भन्नु पनि बेर छैन