Saturday, January 31, 2015

जुनले उज्यालो लुकाएछ
घामको उज्यालोमा लाजले गुम्तो ओड़े छ
सदै रात परे फेरी ऊ आऊछिन्
ताराहरु संग नाज्दै खेल्दै
हावासंग मायाको सन्देश पठाऊछिन्

बादल भित्र कतै लुकी गए
तिमी कहीले नअतालिनु
प्रकृतिले मलाई कतै लुकाए
मलाई खोज्न नआउनु

म घामको जस्तो उज्यालो
दिन सक्दिन तिमीलाई
तिमीलाई रातको अन्धकार मा
अलिकती भए पनी प्रकाश दिन सक्छु
म हिड़ने बाटोहरुमा
कती कुल्चो होला यो  पैतालाले
कतीको भावनाहरूलाई
कतीको आसु झारे होला
कतीलाई बिवस एक्लो अन्धकारमा छाडे होला
अन्जान भई कती लुकाई हिड़े
अफ्न्नो गल्तीहरुलाई
मन्दिरको त्यो निर्जिउ मुर्ती को अगि पछताप को धेरै नातक गरे मैले
मानव को स्वार्थ
मेरो स्वार्थ
म मात्र हो या संसार येस्तै हो
आफ्नै पैतालाको छाप चिन्न नसक्ने मानीस
भित्रको मन र आत्मलाई कसरी चिन्न सक्श
अफ्न्नै आत्म बेच्छ बजारमा स्वर्थको लागी
नाध बजाव्दै फेरी मानवताको हत्या गर्धैहिद्छन
सब नाटक भएको छ
कलाकार को कुनै खाचो छैन
आफ्नो आफ्नो भूमिका राम्रो निभाऊछ
नाटक को अन्तमा सबैको
आखा बाट आसु झरिरहेको हुन्छ

Friday, January 30, 2015

हावामा उडिरहेको सुख्खा पात भएछु
तिम्रो छेउ आए चिन्छौ कि चिन्दिनौ?
बालुवामा कोरिएको चित्र रहेछु
तिमी नजिक आई हेर्छौ कि हेर्दिनौ?

बिहानीको शीत म
बिलाई जाने घामको किरणसँग
पानी सुकेको खोला म
सक्दिनँ तिम्रो प्यास मेट्न
भगवान बिनाको मन्दिर भएछु
आस्थाको दियो बाल्छौ कि बाल्दिनौ?
हाँसेको थिए म पनि
फूल फुल्दा
तिमी त झनै हाँसेकी थियौ
रोएको थिएँ म पनि
ओइलिएर झर्दा
तिमी त धेरै बेर रोइरह्यौ
दोष कसको ?
माटोको भनौँ
दोष हावाको भनौँ
दोष पानीको भनौँ
या दोष समयको भनौँ
जे भए पनि दोष
शुन्यता मा नै अल्झिरह्यो
यो शुन्यता भित्र हामी धेरै
करायौं विलास गर्‍यौँ
पायौँ बस् केवल
विश्वासघात अनि धोकाहरु
फूल फुल्छ ओईली झर्छ
यो प्रकृतिको नियम हो
हामी किन ओझेलमा परेको
किन नियम देखि धेरै बुझ्न खोजेको
धिक्कार छ म भित्रको मानव आत्मालाई
जहिलेपनि पहिले आफैलाई बुझ्न नखोजेको
आऊ लरौ यो युद्ध
तर कसैको हार हुने छैन
न तिम्रो न मेरो
आऊ बालौ यो दियो
अन्धकार न तिम्रो हुनेछ न मेरो
भुल गरे भनी राख
पशताप न तिमीलाई गर्नु छ न मलाई
रोज बाटो यहाँ दुईता छ
कसैको त्यो आफ्नो हुने छैन
बाच्चौ हामी साथ साथ मिलेर
भोली तिमी पनी मर्नु छ
अनी म पनी मर्नु छ
तिमी मेरो मीठो एउता गीत
कसले बनाएको मीठो धुन हो
कसले सजाएको संगीत हौ
मग्न भएर म सुनी रहन्छु
रातभरी सिरानीलाई
आशु ले दुबाई दिन्छु

तीम्रो सुरिलो आवाज मा
मनभरी नाची हिड्छु
हर सब्द सब्दहरुमा
भित्र गएर गीतलाई अंगाली रहन्छु

न रोएर धर पाउछु
न हासेर खुशी पाउछु
न जलेर जल्नु सक्छु
तिमी मेरो एउटा मीठो गीत
सधैँ जस्तो गरजीएछ बादल आज पनी
पानी पर्ने साम्भौवाना देखिन्दैन
ख़लेरी लागेको बर्षौ भयो
उपजेनी अब केही भएन
हिज जस्तो लागछ
हरीयाली बन डाडा,हरीयाली खेतहरु
आज निर्जीव अनी मरुभूमि मा
परिणत भएछ
भोली के हुने हो थाहा छैन
बादल मात्र गर्जीने हो
पानी पनी पर्ने हो
अब होम लाऊनु पर्ला जस्तो छ
बाचेको शबै सढ़ेको ठुटाहरू को
लकछन् केही देखिन्दैन
हरीयाली भवीश्यको
औल मा हुने लेक मा लगाएर
लेक मा हुने औल मा  लगाएर
वातावरण दुषित बनाएर
बनाउन खोदछन् हरियाली भवीश्य
डरेलो लागे जस्तो भई सक्यो
मेरो सरीर को अंगहरु
भित्रको कलेजो फोक्सो पनी कालो भई सक्यो
झाक्री ले बनको लागेछ अरे
बाहुन ले होम गर्नु भन्छ
यहाँ त दुषित प्रदुशन को कुरै छैन
जे भए  पनी सुन्धर र हरीयाली भवीश्यको
पर्खाई मा छु
तिमी त हिजको मेरो भूल हौ
तिमी हिजको सपना थियौ
तिमी हासों को साठो आशु थियौ
तिमी मेरो आज अतित मात्र हौ

किन अत्तालिन्छ आज पनि                             मुटुको धर्कन तिमीलाई सम्जन्दा
किन रसिन्छ आखा
कसैले तिम्रो चर्चा गरि दिन्धा
बस भुलेर पनी अब न सताउ
त्यो समयको भूललाई

दोश मैले तिमीलाई दिए
दोश तिमीले मलाई दियौ
गल्ती समय को थियो
गल्ती हाम्रो ब्हेवाहार को थियो
गल्ती हाम्रो विवेक को  थियो
तिमी मेरो आज अतित मात्र हौ
सारा सपना भुली दिए
रोएर ऑसु सबै पुछी दिए
जलाई दिए आखा भीत्र को
तिम्रो तस्बिरहरु
सारा सपना भुली दिए

भगवान नभएको मन्दीर मा
खोज्दिन तिमीलाई
तस्बिर हेरेर दुखौदिन सधैँ
मेरो छातीलाई
ऑसु बोकेर पर्खने छुईन
सुनसान सडकहरु मा

मरेर सबै धुख लुकी जान्छ
जलेर बाच्न सिकाईदेउ मलाई
जितेर सबैले आकाश चुम्छ
हारेर धर्तिमा खुशी हुन्
सिकाई देऊ मलाई
केटा                                                दो बाटोमा तिमीलाई भेटे थिए
चोर बाटो तिमीलाई भेत्न आए थिए
कान्छी नलुकन माईतिको छहारीमा
लानुछ भगाएर डारा पारी मेरो घरै मा
केटी
के छ कान्छा तिम्रोमा
न काम छ न  माम नै छ
भतुवा कुकुर तिम्रो नाम छ
मलाई पाल्नु तिम्रोमा के नै छ
केटा
भतुवा कुकुर मेरो नाम हो
आजद छु न छु कशैको under मा
दम छ तिमीलाई पाल्ने मेरो भुकाईमा
झुकाउदीन तिमीलाई यो जिन्दगीमा
केटी
जान्दिन भागेर तिमीसित दारा पारी
माया छ भने माग्न आऊ
मेरो बाबा , माइती को अगाडी
देऊ मलाई सबै तिम्रो जिन्दगी
म भित्र रहेको म अनि
उ भित्र रहेको म मा
भिन्दै छु म
म अनि उ भित्र मा
कथा बनाएर हुन्न
कथा कोरेर हुन्न
कथा भित्र नै म उसको
एउटा कहानी म
म मुश्किल चरित्र आफै भित्र
न अटाउने चरित्र म उसको कहानी भित्र
थाकेको आत्माले कोरेको चित्र म
रातभरी गल्लीहरुमा कराउने पागल म
नाची हिड़े रातभर बिना संगीत मा
गाई हिड़े रातभर न सुर न तालमा
म भित्र को म अनि
उ भित्र को म मा
समुन्द्रको गहिराई नापे जस्तो
उ  भित्रको गैराई मा
ऊफ म किन उ भित्र झाकीरहेकोछु
हे बताश उड़ाएर लग्यो हुन्छ मलाई
म एउटा खाली खोक्रो शरीर मात्र हु
म भित्र को म नै हराई सकेछु
न सब्द छ यो सब्दकोस भित्र
जिवनिनै लुकेको आबाश हुन्छ सब्द को भुमरी भित्र
हिजको जीवनको पन्ना पल्टाई हेरे
निसपस्थ अन्धकार भित्र उभेको
मान्छेको धुकधुकी मसुस हुन्छ
कोटाएर उसलाई हेर्दा जिउदो
लास को अनुभूति हुन्छ
लामो बाटो हिड़ेर तिर्खाएको मान्छे
पानी को मात्र कल्पना गर्छ
भोली को सपना एउटा कल्पना
त्यही अन्धकार भित्र उभेको मान्छे को धुकधुकी
जिवनी लामो छ या छोटो छ
जिएर मर्नु छ या मरेर जिउनु छ
प्रश्न बाहेक केही नभएको प्रश्न
केही न छ कसैको मा
न केही छ कसैको मा
बस खाली हात छ
बोल्नको लागी मुख छ
बस धुकधुकी छ यो जिउदो लासमा
सब्दकोस पल्टाईरहेको छु
आजद सब्द खोज्नमा
किन प्रश्न गर्छौ ?
आजद्को अर्थ उल्टो भएछ
फेरी प्रश्न गर्छौ भने
आफ्नो जिवनीको सब्दकोस
एक पल्ट पल्टाएर हेर
कहाँ बाट झुल्कियो घाम
घाउ को झिल्के दाई आएछ
कालो चस्मा र शुत बूट मा
धाक मार्न विदेश पुगेर आएछ

केटा
हे कान्छी हिज सम्म तिम्रोमा
फुलको सुगन्द आउथ्यो
आज तिमी perfume को बोत्तल भएछौ
हिज सम्म काली देखे थिए
Fair n lovely ले गोरी भएछौ

 केटी
धाक नदेखाऊ झिल्के दाई
हातमा china को फोन  बोकेर
Fair lovely ले गोरी भए
सुनले पहेलै बनाउन

केटा
फोन china को भए पनी
बाट हामी नै गर्ने हो
नक्कल ज्यादा नपार कान्छी
हवाई जहाज मा भगाएर लैजौला