Saturday, January 31, 2015

जुनले उज्यालो लुकाएछ
घामको उज्यालोमा लाजले गुम्तो ओड़े छ
सदै रात परे फेरी ऊ आऊछिन्
ताराहरु संग नाज्दै खेल्दै
हावासंग मायाको सन्देश पठाऊछिन्

बादल भित्र कतै लुकी गए
तिमी कहीले नअतालिनु
प्रकृतिले मलाई कतै लुकाए
मलाई खोज्न नआउनु

म घामको जस्तो उज्यालो
दिन सक्दिन तिमीलाई
तिमीलाई रातको अन्धकार मा
अलिकती भए पनी प्रकाश दिन सक्छु

No comments:

Post a Comment