म भित्र रहेको म अनि
उ भित्र रहेको म मा
भिन्दै छु म
म अनि उ भित्र मा
कथा बनाएर हुन्न
कथा कोरेर हुन्न
कथा भित्र नै म उसको
एउटा कहानी म
म मुश्किल चरित्र आफै भित्र
न अटाउने चरित्र म उसको कहानी भित्र
थाकेको आत्माले कोरेको चित्र म
रातभरी गल्लीहरुमा कराउने पागल म
नाची हिड़े रातभर बिना संगीत मा
गाई हिड़े रातभर न सुर न तालमा
म भित्र को म अनि
उ भित्र को म मा
समुन्द्रको गहिराई नापे जस्तो
उ भित्रको गैराई मा
ऊफ म किन उ भित्र झाकीरहेकोछु
हे बताश उड़ाएर लग्यो हुन्छ मलाई
म एउटा खाली खोक्रो शरीर मात्र हु
म भित्र को म नै हराई सकेछु
No comments:
Post a Comment