Friday, January 30, 2015

हावामा उडिरहेको सुख्खा पात भएछु
तिम्रो छेउ आए चिन्छौ कि चिन्दिनौ?
बालुवामा कोरिएको चित्र रहेछु
तिमी नजिक आई हेर्छौ कि हेर्दिनौ?

बिहानीको शीत म
बिलाई जाने घामको किरणसँग
पानी सुकेको खोला म
सक्दिनँ तिम्रो प्यास मेट्न
भगवान बिनाको मन्दिर भएछु
आस्थाको दियो बाल्छौ कि बाल्दिनौ?

No comments:

Post a Comment