Friday, January 30, 2015

आऊ लरौ यो युद्ध
तर कसैको हार हुने छैन
न तिम्रो न मेरो
आऊ बालौ यो दियो
अन्धकार न तिम्रो हुनेछ न मेरो
भुल गरे भनी राख
पशताप न तिमीलाई गर्नु छ न मलाई
रोज बाटो यहाँ दुईता छ
कसैको त्यो आफ्नो हुने छैन
बाच्चौ हामी साथ साथ मिलेर
भोली तिमी पनी मर्नु छ
अनी म पनी मर्नु छ

No comments:

Post a Comment