हाँसेको थिए म पनि
फूल फुल्दा
तिमी त झनै हाँसेकी थियौ
रोएको थिएँ म पनि
ओइलिएर झर्दा
तिमी त धेरै बेर रोइरह्यौ
दोष कसको ?
माटोको भनौँ
दोष हावाको भनौँ
दोष पानीको भनौँ
या दोष समयको भनौँ
जे भए पनि दोष
शुन्यता मा नै अल्झिरह्यो
यो शुन्यता भित्र हामी धेरै
करायौं विलास गर्यौँ
पायौँ बस् केवल
विश्वासघात अनि धोकाहरु
फूल फुल्छ ओईली झर्छ
यो प्रकृतिको नियम हो
हामी किन ओझेलमा परेको
किन नियम देखि धेरै बुझ्न खोजेको
धिक्कार छ म भित्रको मानव आत्मालाई
जहिलेपनि पहिले आफैलाई बुझ्न नखोजेको
No comments:
Post a Comment