Monday, March 20, 2017

यो मधुसाम आज मधुसाला भित्र
मधिरा को प्याला सित रमाउदै
सांगीतिक महौल छ कोठा भरि
एक नजर म मधिराको प्यालालाई हेर्छु
उसले मलाई प्यासी नजरले हेर्छ
मेरो मुटु मेरो ओठ काप्छ
उसलाई म एक गुटकोमा स्वात्त निली पठाउछु
मेरो मधुसमा यहि बाट सुरु हुन्छ

एउटा मथुको प्यास , उसको तृष्णा
जब नशा भित्र डुब्दै डुब्दै जान्छ
उसले जीवनीलाई टाउको बाट पनि नाप्छ
जीवनीलाई पैताला माथि उभाएर पनि हेर्छ
केवल रकसी पिउदा निल्नु गारो भए जस्तो
त्यसको अनुभूति मात्र भए लाग्छ गिन्दगी
कहिले काही एकान्तमा हराए
कहिले विडहरुमा पनि हराए
जिवनी बुझ्न खोज्दा खोज्दै
कथामा आँफैलाई मात्र कोरी पठाए

दु:खको अवस्था लजालु हुन्छ
माया  सबै स्वार्थ नै हुन्छ
निरन्तर जब एक्लो हुन्छौ
दुनिया सब पागल देख्छौ

तिमी तिमीनै हुन भुल होइन
तिमि भित्र अरु कोही हुनु भुल हो
अन्धकार भित्र पनि उज्यालो खोज
उज्यालो मात्र अङ्गाल्नु तिम्रो भुल होइन
हेरी नसक्नु छ
सुनी नसक्नु छ
बोलि नसक्नु छ
ब्यथा चाप र लाली गुरासको
भत्केको बाटो
खाडलै खाडल बाटो
पैरो गएछ बाटो
पुग्नु पर्ने पुरानो चौतारी
कोहि भोको छैन
कोहि तिर्खाएको छैन
कोहि नाङ्गो छैन
सबै भिखारी मात्र
सबै ज्ञानी
सबै बुज्ने
सबै साक्षर
अशिक्षितको हुल
बिचारा हामी
सहानुभूति खोजि हिंड्ने
घर खनेर आगन पुर्ने
बौद्धिक क्षमता हाम्रो है !!!!!!!
बियोग गरेर यहाँ के नै हुने हो र
सम्झना गरेर अब के नै हुने हो र                                                                                                                                     नयन भिजाएर झनै के नै हुने हो र
दो बाटोमा पर्खेर अहिले के नै हुने हो

अमृत भनि पिएकै थिए तिम्रो माया
वरदान सम्झी अंगालेकै थिए तिम्रो माया

जुन तारा झार्ने झुठ बोल्नु सक्दिन थिए
छल गरेर घामको किरण दिनु सक्दिन थिए

अपेक्षा धेरै थियो होला मेरो बाट
अयोग्य भइ गए तिम्रो आवश्यकताको लागि
साच्चै नै मेरो अभाग्य हो जिवनीको
छानिक भए पनि तिम्रो छाहारीमा जिउनु पाए
नहेर हौ अब अनुहारमा
अनुहारमा अब केनै रह्यो
छैन बान्कि परेकी त्यो जोबन
चौउरीमा गन्नु गणित हाम्रो जीवन अनुभव

घरको एउटा कोठाको कुनामा
एक्लै दिन - रात कातिन्दैछ  
कहिले हाँस्छु - फेरी रोइ पठाउछु
गुनगुनाउछु - फेरी एकान्तमा हराइ पठाउछु
हिसाब जोड्छु - घटाऊछु अनन्त मायाको
 
अन्तिम घडीको एक्लो पन
कति कठोर हुदोरहेछ नि
कहिले काही भुली जान्छु
खस्किन्दै गरेको नाश्वर जीवन
लाश उठेर आँफै
कहाँ समशान जान सक्छ
चार काध नभए पछि
अन्तिम गन्तब्य एक्लै
कहाँ चितामा पुग्न सक्छ
एक्ता बिहिन मनुष्यजाति
निचिकै हासे जस्तो गरेर
मनको गहिराई कसरी तौलन सक्छ
सत्य भन्दा झुठ धेरै लुकेको
दुई अनुहार भएको मानव जानवर
मोटाएछ मनुवा बोसो लागेर
मानवता सबै चिप्लेछ
भेंडाको छाला ओडेको ब्वाँसो
हुनु छैन मानववादी

Thursday, March 16, 2017

आगो भित्र जलेको मुटुलाई हेर
बिस्वाश खरानी भएको पाउँछौ
पग्लेको हिउ भित्र पसेर हेर
आशाहरू बघिरहेको मात्र पाउँछौ

बाँचेर पनि मरेको जस्तो जिवन
यथार्तमा बाच्न गाह्रो हुँदोरहेछ
एक पल्ट आफ्नै मुटु जलाएर हेर
मरेको जिवनी जिउनु कति गाह्रो हुँदोरहेछ

आँखा देखी जब ओजेल भयौ तिमी
आँखा चिम्लेर जिउनु अति गाह्रो हुँदोरहेछ
फर्केर आउँने बाँचा नदेऊ मलाई
आशामा बाच्नु धेरै गाह्रो हुँदोरहेछ
हराएछ एक दिन यादहरु बाट
पोखिएछ एक दिन आँखाको नानी बाट
लेखी छोडेको चिट्ठी मेटिन थालेछ
सम्झना धमिलो हुँदै हुँदै गएछ
अन्तिम पल बिस्तारै बन्द हुँदै गएछ

पुरानो चित्र झै भितामा झुन्डेछ                                                                          
याद मात्र बनेर
पुरानो फुल दानीमा भुलेको एक्लो फुल
बिस्तारी श्वास त्यागेछ
नयाँ समयको लागि पुरानो कथा बनेर
धुलै सहरी आल्मारीमा थन्केछ

पाइतालाको सारा यात्रा रोकियो
तर संसार रोकिएन
विश्व घुम्न थाल्यो अधुरो सपना
तर शरीर गतिहीन बशि रह्यो

Sunday, March 5, 2017

समुन्द्र बाट थोपा पानी चोरे
अन्जुलि भिजाए - अनि सागर
बाड़ी बनेर आक्रोश ब्यक्त गर्‍यो
आकाश बाट अलिकति बादल चोरे
आँखामा सजाए - अनि मेघ
आधी ल्याई क्रोद्धित बन्यो

चाँदनी रात थियो
जुन देखी अलिकति मुस्कान चुराए
क्षितिजको लजालु सुर्य
घाम देखी अलिकति लाली चुराए
न चोर्नु थियो अनायश भुल गरे
पागल जस्तो एक्लै यता उती कुदे

फुल्दै गरेको सुनाखरी थियो
उ बाट बैंसको सौन्दर्य खोसे
स्वच्छ सुन्दर  झरना थियो
उ बाट भित्रको विश्वास खोसे
न खोस्नु पर्ने निर्दोषता थिए
कस्तो अन्यौलमा परे आज म
तिम्रो छायामा हराउनु या उसकोमा
कस्तो परिक्षामा परे आज म
तिमीलाई बिस्वाश गर्नु या उसकोमा

अलमल्ल छ आज यो परिस्तिथी
कुन आधारमा समालोचना गर्नु
तिम्रो भरोसाले कुलचे हुन्छ
खै किन तिम्रो नजिक हुनु

ओझेलमा रहन्छ सदा जिन्दगी
तुक्रा तुक्रा भएर कहाँ कहाँ बाँत्न्नु
कहिले शरीर भाग भाग बातिन्छ
कहिले सम्म छिया छिया हुन्दै बाँच्नु

Thursday, March 2, 2017

माथी आकाश गर्जिन्दै जान्दा                                                                                                                                                                   मुनी खोला आतंककित हुँदै गरेको हुन्छ  
जुन तारा मौन भएर रमिता हेर्दै गरेको हुन्छ    
हावा छटपटी गर्दै यता उती कुद्दै गरेको हुन्छ

कालो बादल छटपटीएर आतंक फैलाउँदा
चट्याङ आतंकवादीको भूमिका खेल्छ
बगी जाने पानी - सागर बनेर
बाड़ी बनि गुण्डा गर्दी गर्दै हिड्छ

शुद्ध हावा डराए लुक्दै छ
बिशै बिशैले भरेको हुरी बताश सित
लागु प्रधाथ् भित्र झाडुले जस्तै बडालिन्दैछ
भर्खर रोपेका साना साना बिरुवाहरु
खै के हुन लाग्यो
सिम सिम पानी
अँन्धकार रात भित्र
एउटा याद बोकेर
सडकमा म एक्लै
सुनशान शान्त बाटो
लापरवाह छ मन

कहाँ बाट चिसो बताश
बिना सन्देश - जिस्काई भाक्छ
सिरेटो बनी आउछ मनमा
निर्दयी भनी भागि जान्छ

अचानक आवाज गुन्जियो मनमा                                                                                                    
तड्पाई बियोग ध्वनी भित्रको
हावाको सुस्केरा सँग अगि बद्छ रात
अनि टक्क अडिन्छ पाउ
नाङ्गो प्रतिबिम्ब  
उभेर प्रश्न गर्छ
कुन आश्ताको हौ ?
कुन रगतको हौ ?
कुन गल्लीको  हौ ?
कहाँ छ अन्तिम गन्तब्य ?
हर दिन सपना देख्छौ
सुरुआत र अन्तिम
बिचको भ्रममा
एक पल्ट नाङ्गो खुट्टाले
काडालाई कुल्चेर हेर
अनि उत्तर देऊ
नाङ्गो प्रतिबिम्भको
उत्तर खोज्दा खोज्दै
सुन्यता भित्र सुन्य हराए झै  
पग्लिन्दै गए आफ्नु मन भित्र आफै                                                                                
कति बेला आफैलाई हराए

जवाब छैन म भित्र
साकारात्मक अनि नकारात्मक
शक्ति बिचको प्रश्न बुजिन
खोलाको किनारमा बसेर
बगी जाने पानीलाई बुजिन
रुखको छाहारीमा बसेर
प्राणवायु आफ्नो प्राणलाई बुजिन
माया भित्र अनेकौ माया देखे
तर त्यो भित्रको कपत बुजिन

अब
न आकाशमा खोज्छु
न धर्तीमा खोज्छु
न पातलमा खोज्छु
न समुन्द्रको गहिराइमा खोज्छु


न कहिले प्रश्नको भोख सिद्धिएको छ
न कहिले उत्तरको कुनै भोख मेटिएको छ
प्रतिबिम्ब

म प्रतिबिम्ब तिम्रो
हेर त मलाई कुल्चेर गयो
त्यो अरु छायाहरुले
तिमी उभेर हासी बशेउ
आज थाँहा भयो
नपुसक रहेछौ तिमी
भेद भाउ गर्दा पनि सहिरहने
तिमी समलैङ्गिक रहेछौ
म तिम्रो प्रतिबिम्ब
तिमी बाट अलग गरेर लान्दैछ
केही गर्न नसक्ने
तिमी ना मर्द रहेछौ
पुर्नेको रात बाट औसी                                                                                                                जुनको प्रतिबिम्ब बन्छ
एक बाट अर्कोमा परिवर्तन हुन्दा
वास्ताविकता कहाँ बद्लिन्छ
अनि
म कहाँ बदलिनु सक्छु
म तिम्रो प्रतिबिम्ब हुँ
म पनि नपुसक नै हुँ - म पनि समलैङ्गिक नै हुँ