Monday, March 20, 2017

लाश उठेर आँफै
कहाँ समशान जान सक्छ
चार काध नभए पछि
अन्तिम गन्तब्य एक्लै
कहाँ चितामा पुग्न सक्छ
एक्ता बिहिन मनुष्यजाति
निचिकै हासे जस्तो गरेर
मनको गहिराई कसरी तौलन सक्छ
सत्य भन्दा झुठ धेरै लुकेको
दुई अनुहार भएको मानव जानवर
मोटाएछ मनुवा बोसो लागेर
मानवता सबै चिप्लेछ
भेंडाको छाला ओडेको ब्वाँसो
हुनु छैन मानववादी

No comments:

Post a Comment