समुन्द्र बाट थोपा पानी चोरे
अन्जुलि भिजाए - अनि सागर
बाड़ी बनेर आक्रोश ब्यक्त गर्यो
आकाश बाट अलिकति बादल चोरे
आँखामा सजाए - अनि मेघ
आधी ल्याई क्रोद्धित बन्यो
चाँदनी रात थियो
जुन देखी अलिकति मुस्कान चुराए
क्षितिजको लजालु सुर्य
घाम देखी अलिकति लाली चुराए
न चोर्नु थियो अनायश भुल गरे
पागल जस्तो एक्लै यता उती कुदे
फुल्दै गरेको सुनाखरी थियो
उ बाट बैंसको सौन्दर्य खोसे
स्वच्छ सुन्दर झरना थियो
उ बाट भित्रको विश्वास खोसे
न खोस्नु पर्ने निर्दोषता थिए
No comments:
Post a Comment