आगो भित्र जलेको मुटुलाई हेर
बिस्वाश खरानी भएको पाउँछौ
पग्लेको हिउ भित्र पसेर हेर
आशाहरू बघिरहेको मात्र पाउँछौ
बाँचेर पनि मरेको जस्तो जिवन
यथार्तमा बाच्न गाह्रो हुँदोरहेछ
एक पल्ट आफ्नै मुटु जलाएर हेर
मरेको जिवनी जिउनु कति गाह्रो हुँदोरहेछ
आँखा देखी जब ओजेल भयौ तिमी
आँखा चिम्लेर जिउनु अति गाह्रो हुँदोरहेछ
फर्केर आउँने बाँचा नदेऊ मलाई
आशामा बाच्नु धेरै गाह्रो हुँदोरहेछ
No comments:
Post a Comment