उत्तर खोज्दा खोज्दै
सुन्यता भित्र सुन्य हराए झै
पग्लिन्दै गए आफ्नु मन भित्र आफै
कति बेला आफैलाई हराए
जवाब छैन म भित्र
साकारात्मक अनि नकारात्मक
शक्ति बिचको प्रश्न बुजिन
खोलाको किनारमा बसेर
बगी जाने पानीलाई बुजिन
रुखको छाहारीमा बसेर
प्राणवायु आफ्नो प्राणलाई बुजिन
माया भित्र अनेकौ माया देखे
तर त्यो भित्रको कपत बुजिन
अब
न आकाशमा खोज्छु
न धर्तीमा खोज्छु
न पातलमा खोज्छु
न समुन्द्रको गहिराइमा खोज्छु
न कहिले प्रश्नको भोख सिद्धिएको छ
न कहिले उत्तरको कुनै भोख मेटिएको छ
No comments:
Post a Comment