Monday, March 20, 2017

हेरी नसक्नु छ
सुनी नसक्नु छ
बोलि नसक्नु छ
ब्यथा चाप र लाली गुरासको
भत्केको बाटो
खाडलै खाडल बाटो
पैरो गएछ बाटो
पुग्नु पर्ने पुरानो चौतारी
कोहि भोको छैन
कोहि तिर्खाएको छैन
कोहि नाङ्गो छैन
सबै भिखारी मात्र
सबै ज्ञानी
सबै बुज्ने
सबै साक्षर
अशिक्षितको हुल
बिचारा हामी
सहानुभूति खोजि हिंड्ने
घर खनेर आगन पुर्ने
बौद्धिक क्षमता हाम्रो है !!!!!!!

No comments:

Post a Comment