कसरी बित्दैछ
तिमीले दिएको सपना सबै
आशुले भिज्दैछ
न सोद मलाई मेरो जिवनी
कसरी कात्दैछौ
जसरी फूल काड़ा माथी
फुल्दैछ
इच्छा पनी कस्तो थियो
पन्छी भई बादल संग संग उड़ने
आकांग्छा पनी यस्तै थियो
छाल भई किनारलाई भेटी रहने
अधुरो त भन्दिन यो कहानीलाई
यहाँ सबैनै त अधुरो छ
यसरी जीवनको एक पन्ना
बिताएको सम्जना गर्छु
No comments:
Post a Comment