Friday, March 27, 2015

आज के भो मलाई
बिचलित भएर पनि खामोश छु
आज किन लम्बिन्दै छ रातहरु
अन्तिम छनको प्रतिक्षा गरे जस्तै

देखिन्दैन दियोको उज्यालो घामको
किरणमा
देखिन्दैन प्रतिबिम्ब रातको अध्यारोमा
नेत्रहीन भए जस्तो देख्दिन आफैले आफैलाई
ऐनाको अगाडी हेरे फेरी आफैले आफैलाई

गहिरो निन्द्रा बाट बिउजेर
म जिउदो हो की लास हो म
यो मेरो ओछ्यान हो की मेरो चिता हो
आज के भो मलाई

No comments:

Post a Comment