बाशँको चित्रा बाट छिरेको घामको किरण
जब मेरो आङ न्यानो भई
मलाई नयाँ जिवनी को प्रोत्सहन गर्छ
बेथहोवेन को कता कता कोरल सिम्फोनी बजेको धुनहरु आईरहेको सुन्छु
1824 AD को धुनले 2015 AD मा पनि मलाई मक्ख पार्छ
सिरक बाट टाउको निकाल्दै आफैलाई नयाँ जिवनी दिन खोज्छु
कालो रंगको नुनको चिया पिउदै
गहुको सुक्खा रोटी चिया संघ भिजाउदै
चित्रा बाट बाहिर घामको उज्यालो लाई चिहाउँछु कानँ थापेर त्यो धुन चिन्ने र बुज्ने
कोसिश गर्छु
त्यसँ संगीत भित्र आफ्नो परिचय खोजिहिद्छु
त्यसँ भित्र सस्कृति र भाषा पल्टाई हेर्छु
नौलो लाग्छ सबै कुरोहरु
बजेको हुँदैन त्यहाँ बिनायो र मादल
तर पनि किन छोएको यो मुटुलाई
कुनै नाता छैन रगतको त्यो धुन सित
न भाषा न बोलिकै नाता छ त्यो
संगीत संघ
पुरानो ईस्त कोट निकाल्छु धाका टोपी ढल्काउँछु यसको इतिहाशलाई पनि पल्टाई हेर्छु
कता कता आफ्नो मौलिकता हराएको महसुस गर्छु
फेरी पनि त्यो लगाएर आफ्नो चिनारी बचाऊँन खोज्छु
धेड़ो र गुन्द्रुक को स्वाद लिन्दै
अरुको लडाई मा आफै होमिएको सम्झना गर्छु
आफ्नो ज्यानको दाऊ लगाएर ज्यान घुमाऊन सम्म त्यार भएको
म मुर्ख भएर बिर भएको या म बिर भएर मुर्ख भएको
प्रश्न गरेर उत्तर कसैले दिएको छैन
उत्तर दिएर उनीहरुले मलाई प्रश्न गर्छ होला
न उत्तर दिन्छ न प्रश्न नै सोदछ
बेथहोवेन को दुन सुन्दा अहिले थाहा भयो
पहिलो बिश्व युद्ध दोस्रो बिश्व युद्ध
फ्रान्स , इटली , जर्मन को गोला बारुद संग आएको धुन हो त्यो
अब आँउने गोला बारुद आफ्नो मौलिकताको धुनहरु बोकेर आएको होश
त्यो धुन सुन्दै आफ्नो माटोमा हराएको चिनारी र आफ्नो संस्कृति को लडाई लर्न परोस
No comments:
Post a Comment