छाल को आफ्नै कोलाहाल छ
तरै पनि यो समुन्द्र सान्त छ
त्यो सुन्यता भित्र कोहि रुन्दै छ
तरै पनि जुनले किन हो रमिता हेर्दैछ
संगीतको आफ्नै हो हल्ला छ
महौल उदासिनताले छाएको छ
बिगत भुल्ने प्रयाश मा छ मायालु
किन हो जीवन बाँच्न भुलेको छ मायालु
अप्सरा जस्तो नाज्दै जर्दैछ झरी
आज उ किन आत्मकेन्द्रित बन्दै जाँदै छ
लजालु मुस्कानमा लुक्छ मायालु
एउटा हुरी सित हरायो मेरो मायालु
Wednesday, July 27, 2016
Monday, July 25, 2016
भत्किएको बाटो भए पनि
आखिर हिंड्नु नै पर्ने
आगो भित्र जलि रहे पनि
आखिर जीवन जिउनु नै पर्ने
सराप हो भन्छ सबैले
भाग्यलाई कहिले भेटेको भए
एउटा प्रश्न सोध्छु चिताको लाशलाई
कहाँ छोडी आयौ तिमीले आँफैलाई
हिमाल अत्तल भएर न बश भन्छु
सागर गहिराइ बनाएर न बश भन्छु
खोला बगेर कहिँ न जाउ भन्छु
मिर्तु मेरो प्रतिक्षा गरेर न बश भन्छु
आखिर हिंड्नु नै पर्ने
आगो भित्र जलि रहे पनि
आखिर जीवन जिउनु नै पर्ने
सराप हो भन्छ सबैले
भाग्यलाई कहिले भेटेको भए
एउटा प्रश्न सोध्छु चिताको लाशलाई
कहाँ छोडी आयौ तिमीले आँफैलाई
हिमाल अत्तल भएर न बश भन्छु
सागर गहिराइ बनाएर न बश भन्छु
खोला बगेर कहिँ न जाउ भन्छु
मिर्तु मेरो प्रतिक्षा गरेर न बश भन्छु
छोडी जाने शरीर को
यति धेरै माया मोह किन ?
आफ्नो सबै छोडी जानु पर्ने
साय्नो जोड्नु पर्ने फेरी किन ?
नरहे पनि संसार खाली न हुदो रहेछ
नभए पनि जीवन अपुरो न हुदो रहेछ
धर्तिलाई टेकेर आकाश माथि हेर्छौ
जुन तारा सित खुब रमाउँछौ
को नै छ होला धर्ति छोड्दा
हात मुथी पारेर संसार छाडेको
रमिता बन्छ अर्थि यहाँ कसैको
जंगलमा संसारले छोड्न जाँदा
Monday, July 11, 2016
एक मुठी स्वाश अनि एउटा जीवनी
दुई थोपा आँसु अनि थुप्रै नयन
धेरै धोखा अनि अलिकति माया
विस्वाश अनि विश्वासघात बीच अल्जेको
आँखाले लुकाउन खोज्छ आँसु
मुस्कानले लुकाउन खोज्छ चोट
एक्लो पनले लुकाउन खोज्छ व्याकुल्ता
ऊ मात्र एक्लै दुनियाँ ऊ देखी टाढा
पुरानो रात सित नौलो जुन
भत्किएको बाटो सित नौलो पाइला
नयाँ मुटु सित अनेकौ प्रश्नको गाथो
एक मुठी स्वाश अनि एउटा जीवनी
दुई थोपा आँसु अनि थुप्रै नयन
धेरै धोखा अनि अलिकति माया
विस्वाश अनि विश्वासघात बीच अल्जेको
आँखाले लुकाउन खोज्छ आँसु
मुस्कानले लुकाउन खोज्छ चोट
एक्लो पनले लुकाउन खोज्छ व्याकुल्ता
ऊ मात्र एक्लै दुनियाँ ऊ देखी टाढा
पुरानो रात सित नौलो जुन
भत्किएको बाटो सित नौलो पाइला
नयाँ मुटु सित अनेकौ प्रश्नको गाथो
एक मुठी स्वाश अनि एउटा जीवनी
Sunday, July 3, 2016
वास्तविकतामा मान्छे डराउछ
त्यसै कारण उसले सपना देख्छ
यथार्थ को संसार देखी टाडा भागेर
कल्पना गर्दै सपनाको संसार बुन्छ
चुरा झै फुटेर मन बाट झरी जान्छ सपना
हावा संग बग्छ , झरी सित भिज्छ सपना
पखेटा उम्रे झै आकाशमा उड्छ सपना
फेरी - मुटु सपना बोकेर प्रतीक्षा गरिरहन्छ
कहिले घरको आगनमा पर्खिरहेको देख्छु सपना
कहिले म भित्र बाटै लुकेर हेरिरहेको देख्छु सपना
फुटी जाने ऐना जस्तो पो हुदोरहेछ सपना
फुटेर च्वास्स घोचेर जाने पो हुदोरहेछ सपना
त्यसै कारण उसले सपना देख्छ
यथार्थ को संसार देखी टाडा भागेर
कल्पना गर्दै सपनाको संसार बुन्छ
चुरा झै फुटेर मन बाट झरी जान्छ सपना
हावा संग बग्छ , झरी सित भिज्छ सपना
पखेटा उम्रे झै आकाशमा उड्छ सपना
फेरी - मुटु सपना बोकेर प्रतीक्षा गरिरहन्छ
कहिले घरको आगनमा पर्खिरहेको देख्छु सपना
कहिले म भित्र बाटै लुकेर हेरिरहेको देख्छु सपना
फुटी जाने ऐना जस्तो पो हुदोरहेछ सपना
फुटेर च्वास्स घोचेर जाने पो हुदोरहेछ सपना
Subscribe to:
Posts (Atom)