Sunday, July 3, 2016

वास्तविकतामा मान्छे डराउछ
त्यसै कारण उसले सपना देख्छ
यथार्थ को संसार देखी टाडा भागेर
कल्पना गर्दै सपनाको संसार बुन्छ

चुरा झै फुटेर मन बाट झरी जान्छ सपना
हावा संग बग्छ , झरी सित भिज्छ सपना
पखेटा उम्रे झै आकाशमा उड्छ सपना
फेरी - मुटु सपना बोकेर प्रतीक्षा गरिरहन्छ

कहिले घरको आगनमा पर्खिरहेको देख्छु सपना
कहिले म भित्र बाटै लुकेर हेरिरहेको देख्छु सपना
फुटी जाने ऐना जस्तो पो हुदोरहेछ सपना
फुटेर च्वास्स घोचेर जाने पो हुदोरहेछ सपना

No comments:

Post a Comment