भत्किएको बाटो भए पनि
आखिर हिंड्नु नै पर्ने
आगो भित्र जलि रहे पनि
आखिर जीवन जिउनु नै पर्ने
सराप हो भन्छ सबैले
भाग्यलाई कहिले भेटेको भए
एउटा प्रश्न सोध्छु चिताको लाशलाई
कहाँ छोडी आयौ तिमीले आँफैलाई
हिमाल अत्तल भएर न बश भन्छु
सागर गहिराइ बनाएर न बश भन्छु
खोला बगेर कहिँ न जाउ भन्छु
मिर्तु मेरो प्रतिक्षा गरेर न बश भन्छु
No comments:
Post a Comment