एक मुठी स्वाश अनि एउटा जीवनी
दुई थोपा आँसु अनि थुप्रै नयन
धेरै धोखा अनि अलिकति माया
विस्वाश अनि विश्वासघात बीच अल्जेको
आँखाले लुकाउन खोज्छ आँसु
मुस्कानले लुकाउन खोज्छ चोट
एक्लो पनले लुकाउन खोज्छ व्याकुल्ता
ऊ मात्र एक्लै दुनियाँ ऊ देखी टाढा
पुरानो रात सित नौलो जुन
भत्किएको बाटो सित नौलो पाइला
नयाँ मुटु सित अनेकौ प्रश्नको गाथो
एक मुठी स्वाश अनि एउटा जीवनी
No comments:
Post a Comment