Wednesday, July 27, 2016

छाल को आफ्नै कोलाहाल छ
तरै पनि यो समुन्द्र सान्त छ
त्यो सुन्यता भित्र कोहि रुन्दै छ
तरै पनि जुनले किन हो रमिता हेर्दैछ

संगीतको आफ्नै हो हल्ला छ
महौल उदासिनताले छाएको छ
बिगत भुल्ने प्रयाश मा छ मायालु
किन हो जीवन बाँच्न भुलेको छ मायालु

अप्सरा जस्तो नाज्दै जर्दैछ झरी
आज उ किन आत्मकेन्द्रित बन्दै जाँदै छ
लजालु मुस्कानमा लुक्छ मायालु
एउटा हुरी सित हरायो मेरो मायालु

No comments:

Post a Comment