दिन सँग लडे
रात सित हारे
घाम सँग हासे
जुन सित रोए
दुई शब्द लेखे
चार अक्षेर मेटाए
कहिले पेन्सिल भए
कहिले रबर बने
हुँदा फुल बने
नहुँदा काडा सहे
खुशीमा मुस्कान बने
दु:खमा आँसु बगे
स्वार्थमा मायालु भए
निस्वार्थमा धोखाबाज भए
सपनिमा संसार सबै
वास्तविकतामा एक्लै रहे
Tuesday, February 21, 2017
Friday, February 17, 2017
तिता मिठा कथा
बोकेकै हो यो जीवनिले
हासो र आँसु
बोकेकै हो यो जीवनिले
त्यो दिन त्यो रात
असहाय भएर बाचेकै हो यो जीवनिले
ऐनाको अघी उभेर आफ्नै प्रतिविम्बित छायालाई नियालेर हेर्छु
भन्नु पनि के भन्नु ऐनालाई
त्यो भित्र मेरो अतित भ्रममा परेको देख्छु
नयन र आँसु भेट्दा
सम्झौता गरेकै हो यो जीवनिले
मुस्कानले ओठलाई छुन्दा
समर्पण गरेकै हो यो जीवनिले
हुनु र नहुनु , पुग अपुग
लाचार भएर बचेँकै हो यो जीवनिले
जब खोलाको अघि उभेर आफ्नै छायालाई एकोरो भएर राम्ररी हेर्छु
दागै दाग - खोटहरु मात्र देख्छु
त्यही पानी सित मेरो प्रतिविम्बित छायालाई
धेरै टाडा बगाउने प्रयाश गर्छु

Wednesday, February 15, 2017
एक्लै अन्धकारमा जब हुन्छौ
आँखा चिम्लेर सम्झ हर पुराना यादहरु
अन्धकारको क्षितिजमा म उभेको हुन्छु
च्क्कमन्न सुन्यता बाट एउटा आवाज
जब तिम्रो कानमा आएर थोकिन्छ
मझधारमा बसेर लेखेको एउटा गीत बन्छ
फर्किन नसक्ने बाटो हुन्छ त्यहाँ
मेटाउन नसक्ने पुरानो सम्बन्ध हुन्छ त्यहाँ
बोजले थिचेको एउटा जीवन हुन्छ त्यहाँ
अव्यवस्थित जिन्दगीको एक्लो मोड हुन्छ त्यहाँ

चुपचाप उभिएको थिए
चुपचाप हेरिरहेको थिए
चुपचाप सहिरहेको थिए
चुपचाप लाटो - बहिरो भएको थिए
ढुंगा जस्तो गह्रुंग भएर दुब्दै थिए
पानीले आफ्नो शक्ति प्रदर्शन गर्दै थियो
लेख्न खोजेको गीत - शब्दको उपस्थिति नै थिएन
कलमले पनि आफ्नो शक्ति प्रदर्शन गर्दै थियो
अच्चम्भको भिड थियो
अंगभंग भएकोहरु एउटा कुनामा थियो
सुस्त मनिष्ठिथि भएको अर्को कुनमा थियो
चुपचाप म जस्तोहरु फेरी अर्को कुनामा थियौ

हर बिहानी आकाश नयाँ भएर बिउँझिन्छ
त्यही आकाश रात परे पछी पुरानो उराठ लाग्दो हुन्छ
बिहानीको त्यो सितल पवनले नयाँ उमङ्ग दिएर जान्छ
रात परे पछी त्यही हावा प्रदुषित बन्दै जान्छ
सबै बिहानी मायालु नहोस
सबै रात घृणित नहोस
बिहानी केवल मेरो लागि मात्र होस
रात केवल रातको लागि मात्र होस
एउटा बिहानी म सुतेको हुन्छु
हल्लाई हल्ला देखी टाडा हुन्छु
मुटुको स्पर्श देखी टाडा हुन्छु
मलाई मेरो गहिरो निदमै छोडी दिनु
त्यो बिहानीमा म रमाएको हुन्छु
सधा भन्दा धेरै मायालु भएको हुन्छु

मस्तिष्कमा अचेल लेऊको ठाक लागेछ हरे
आज गाउँको कथा लेख्नु थियो हरे शब्द सबै लेऊ संगै चिप्लेछ हरे
दिमाकको कोनहरुले पनि हिज आज कन्चुशाई गर्न थालेछ हरे कन्चुशाई गरेर आन्दोलन शब्द पनि बाकशमा बन्द गरेर ताल्चा लगाई दिएको छ हरे
एक हुल मुटुहरु बीच
कसै कसैले साचो खोज्दै छ हरे
सुनेको मात्र है
तरुवाल भन्दा शक्तिसाली कलम भन्छ
जब शब्द नै निस्कासन भएर गई सकेछ
एकता नै शक्तिको मशाल हो भन्छ
तर यहाँ त एक आपश मै जाई लाग्न थालेछ
हे भगवान - हे इश्वर - हे प्रभु

जवान थिए अहङ्कार थियो
बैश थियो परिणाम थाहा थिएन
प्रित लाउँथे मुटु अन्यौल थियो
लापरवाह प्रितको दु:खाई अर्कै थियो
देखावटी - स्वाँग पार्दै हिड्थे
लमपसार अल्छीले सुतेको सडकहरुमा
सपना थियो तर कुनै लक्ष्य थिएन
आत्मियता - भावनाहरु ह्रदय भरि थियो
तर न्यानो अङगालो कतै थिएन
समय को परिवर्तन साथ साथै
आज यो निर्दोष ह्रदय भ्रष्ट भएछ
बैश थियो परिणाम थाहा थिएन
प्रित लाउँथे मुटु अन्यौल थियो
लापरवाह प्रितको दु:खाई अर्कै थियो
देखावटी - स्वाँग पार्दै हिड्थे
लमपसार अल्छीले सुतेको सडकहरुमा
सपना थियो तर कुनै लक्ष्य थिएन
आत्मियता - भावनाहरु ह्रदय भरि थियो
तर न्यानो अङगालो कतै थिएन
समय को परिवर्तन साथ साथै
आज यो निर्दोष ह्रदय भ्रष्ट भएछ
फुल हुँ , केवल फुल हुँ
सुन्धर छु , नाजुक छु
कोमलताले भरेको छ मेरो स्पर्श
मधुर मेरो हर अङहरु
प्रकृति सित सँधै रमाउने
बास्ना बनी हावामा मायाको सन्देश बात्ने
म फुल हुँ , केवल फुल हुँ
काडा हुँ , केवल काडा हुँ
कुरुप छु , डराउने छु
दयालु छुईन मौका परे बिझाई हाल्छु
मेरो स्वभावमा कोही रमाँउदैन
डर र त्राश देखाउदै बस्छु
साकारात्मक पक्षमा सुन्धर कोमल छु
तर मेरो नकारात्मक पक्ष भयानक छ
काडा हुँ , केवल काडा हुँ
माया र घृणाको सँगम हो
फुल र काडा
मिलन र बिछोड को दो बाटो हो
फुल र काडा
सुन्धर छु , नाजुक छु
कोमलताले भरेको छ मेरो स्पर्श
मधुर मेरो हर अङहरु
प्रकृति सित सँधै रमाउने
बास्ना बनी हावामा मायाको सन्देश बात्ने
म फुल हुँ , केवल फुल हुँ
काडा हुँ , केवल काडा हुँ
कुरुप छु , डराउने छु
दयालु छुईन मौका परे बिझाई हाल्छु
मेरो स्वभावमा कोही रमाँउदैन
डर र त्राश देखाउदै बस्छु
साकारात्मक पक्षमा सुन्धर कोमल छु
तर मेरो नकारात्मक पक्ष भयानक छ
काडा हुँ , केवल काडा हुँ
माया र घृणाको सँगम हो
फुल र काडा
मिलन र बिछोड को दो बाटो हो
फुल र काडा
हो ऊनी मेरो सामु थियो
तर मुटुको धर्कन धेरै टाडा हुँदै थियो
एक अर्कामा भावना थियो
तर अनन्त रागको कुनै सुखद धुन थिएन
फासला को धुवा माथी माथी उठ्दै थियो
जलेर भस्म हुने कुनै ज्वाला थिएन
के हत्तार थियो होला त्यो हुरीलाई ? थाम्न सकिन उडेर बगी गए
किन गहरुंग भयो म माथिको आकाश ? थाम्न सकिन जमिन मुनि भासीन्दै गए
निरन्तर कट कट दु:खी रह्यो आँसु कही लुकाउन सकिन

म मर्दै गर्दाको मेरो अन्तिम कविता
शब्दहरुको लस्कर मलामी बनेको हुन्छ
कलमको मसि आँसु बनेर बगी रहेको हुन्छ मेरो किताब मेरो कपि चिता बनेर पर्खि रहेको हुन्छ
मेरो नाङ्गो शरीर हावाको सिम्फोनी सित
नाच्दै हल्ला गर्दै हिडी रहेको छ
म भित्रको नाङ्गो भावहरु गीत बन्न खोज्दा खोज्दै
रक्सी संग बिक्री भएर बाटोमा हलिन्दै हिडी रहेको छ
यो नाङ्गो संसार आज जीवनीमा बोझ भएर
हर रात एक्लै एक्लै हिडी रहेको छ
मलाई मन पर्ने रंगहरु आज सेतो अनि कालो मात्र भएर कालो कोठाको भित्तामा चित्र भएर झुण्डी रहेको छ
एउटा जीवनले जीवन सोध्न कहाँ पाउँदो रहेछ
एउटा कुवाको पानी कहाँ समुन्द्र हुन पाउँदो रहेछ

छौ र पनि छैनौ
कता कता मस्तिष्कमा छौ तर स्मरणमा कतै हराएछौ
अतीतमा थियौ र पनि थिएनौ
बर्तमानमा छैनौ र छौ धमिलो आकार मात्र
कुनै अवधिको प्राचीन बस्तु जस्तो
नयाँ भित्र पुरानो अवशेष
तिमी हौ तर तिमी त्यो होइनौ
तिमी भित्र तिमीनै हौ र?
वा बाहिर अरुनै खोल ओडेको मात्र हौ तिमी
कति अफ्ठ्यारो है
आफु भित्र आफुनै छैन
छनिक समयमा अभिनय गर्नु पर्ने
नाटक जिवनी

मेरो अछुत शब्दले कोरेको कविता
मेरो अछुत हातले लेखेको कविता
मेरो अछुत सोचमा हुर्केको कविता
मेरो अछुत परिवृत्ति भित्र जन्मेको कविता
तिमी जहाँ छौ अब त्यहाँ नबश , अरुलाई पनि अछुत बनाई देऊ
तिमीलाई पढ्नेहरु सबै अछुत बनोस तिम्रो कविताको मर्ममा उनीहरुको खुशी सबै अछुत होस्
भ्रष्टाचारको काडाले घेर्नु खोज्दैछ - मस्तिष्क तिमीलाई अभियोग लगाएर फसाउनु खोज्दैछ - भाव तिमीलाई
जिउदै जलाउने भएको छ - शब्द तिमीलाई
किला थोकेर नदिमा बगाउने भएको छ - कविता तिमीलाई
दमन , थिचोमिचोको आडमा टुक्राउनु खोज्दैछ - कलम तिमीलाई
कविता तिमी स्वयम् यहाँ स्वार्थी छौ - नाङ्गो छौ - खोग्रो छौ
शोसन गर्नेको हातमा कतपुतली भएको छौ

Subscribe to:
Posts (Atom)