जवान थिए अहङ्कार थियो
बैश थियो परिणाम थाहा थिएन
प्रित लाउँथे मुटु अन्यौल थियो
लापरवाह प्रितको दु:खाई अर्कै थियो
देखावटी - स्वाँग पार्दै हिड्थे
लमपसार अल्छीले सुतेको सडकहरुमा
सपना थियो तर कुनै लक्ष्य थिएन
आत्मियता - भावनाहरु ह्रदय भरि थियो
तर न्यानो अङगालो कतै थिएन
समय को परिवर्तन साथ साथै
आज यो निर्दोष ह्रदय भ्रष्ट भएछ
No comments:
Post a Comment