Wednesday, February 15, 2017

छौ र पनि छैनौ
कता कता मस्तिष्कमा छौ तर स्मरणमा कतै हराएछौ
अतीतमा थियौ र पनि थिएनौ
बर्तमानमा छैनौ र छौ धमिलो आकार मात्र
कुनै अवधिको प्राचीन बस्तु जस्तो
नयाँ भित्र पुरानो अवशेष
तिमी हौ तर तिमी त्यो होइनौ
तिमी भित्र तिमीनै हौ र?
वा बाहिर अरुनै खोल ओडेको मात्र हौ तिमी
कति अफ्ठ्यारो है
आफु भित्र आफुनै छैन
छनिक समयमा अभिनय गर्नु पर्ने
नाटक जिवनी

No comments:

Post a Comment