दिन सँग लडे
रात सित हारे
घाम सँग हासे
जुन सित रोए
दुई शब्द लेखे
चार अक्षेर मेटाए
कहिले पेन्सिल भए
कहिले रबर बने
हुँदा फुल बने
नहुँदा काडा सहे
खुशीमा मुस्कान बने
दु:खमा आँसु बगे
स्वार्थमा मायालु भए
निस्वार्थमा धोखाबाज भए
सपनिमा संसार सबै
वास्तविकतामा एक्लै रहे
No comments:
Post a Comment