मेरो अछुत शब्दले कोरेको कविता
मेरो अछुत हातले लेखेको कविता
मेरो अछुत सोचमा हुर्केको कविता
मेरो अछुत परिवृत्ति भित्र जन्मेको कविता
तिमी जहाँ छौ अब त्यहाँ नबश , अरुलाई पनि अछुत बनाई देऊ
तिमीलाई पढ्नेहरु सबै अछुत बनोस तिम्रो कविताको मर्ममा उनीहरुको खुशी सबै अछुत होस्
भ्रष्टाचारको काडाले घेर्नु खोज्दैछ - मस्तिष्क तिमीलाई अभियोग लगाएर फसाउनु खोज्दैछ - भाव तिमीलाई
जिउदै जलाउने भएको छ - शब्द तिमीलाई
किला थोकेर नदिमा बगाउने भएको छ - कविता तिमीलाई
दमन , थिचोमिचोको आडमा टुक्राउनु खोज्दैछ - कलम तिमीलाई
कविता तिमी स्वयम् यहाँ स्वार्थी छौ - नाङ्गो छौ - खोग्रो छौ
शोसन गर्नेको हातमा कतपुतली भएको छौ
No comments:
Post a Comment