हो ऊनी मेरो सामु थियो
तर मुटुको धर्कन धेरै टाडा हुँदै थियो
एक अर्कामा भावना थियो
तर अनन्त रागको कुनै सुखद धुन थिएन
फासला को धुवा माथी माथी उठ्दै थियो
जलेर भस्म हुने कुनै ज्वाला थिएन
के हत्तार थियो होला त्यो हुरीलाई ? थाम्न सकिन उडेर बगी गए
किन गहरुंग भयो म माथिको आकाश ? थाम्न सकिन जमिन मुनि भासीन्दै गए
निरन्तर कट कट दु:खी रह्यो आँसु कही लुकाउन सकिन
हो ऊनी मेरो सामु थियो
तर मुटुको धर्कन धेरै टाडा हुँदै थियो
No comments:
Post a Comment