हर बिहानी आकाश नयाँ भएर बिउँझिन्छ
त्यही आकाश रात परे पछी पुरानो उराठ लाग्दो हुन्छ
बिहानीको त्यो सितल पवनले नयाँ उमङ्ग दिएर जान्छ
रात परे पछी त्यही हावा प्रदुषित बन्दै जान्छ
सबै बिहानी मायालु नहोस
सबै रात घृणित नहोस
बिहानी केवल मेरो लागि मात्र होस
रात केवल रातको लागि मात्र होस
एउटा बिहानी म सुतेको हुन्छु
हल्लाई हल्ला देखी टाडा हुन्छु
मुटुको स्पर्श देखी टाडा हुन्छु
मलाई मेरो गहिरो निदमै छोडी दिनु
त्यो बिहानीमा म रमाएको हुन्छु
सधा भन्दा धेरै मायालु भएको हुन्छु
No comments:
Post a Comment