डुब्दै गरेको कागज को नाउ ले
गन्तब्य खोजीरहेको
समुन्द्र को छालले सुनसान किनारामा
तिम्रो पाऊ चुम्न खोजीरहेको
सान्त पवन ले जीवन संग
सम्झौता गर्न खोजी रहेको
अचानक किनाराले छालहरुको
स्पर्श पाउन छोड्छ
कानको छेउ बाट आतिएको पाउको
आवाज ले छोएर जान्छ
मधूहोश यो रात मधिरा संग डुब्न थाल्छ
मनको कुनामा लुकेको एउटा काडा
एक पल्ट फेरी बाहिर आउन खोज्छ
कुमाले को हाडी जस्तै रहेछ
जिन्दगी
अलि कति ठोकर लागे टुटी जाने
माझी दाइको नाउँ जस्तो रहेछ जिन्दगी
अलि कति बाड़ी आए गन्तब्य लाई
कहाँ पुराई देने
No comments:
Post a Comment