मदिराको प्याला मेरो अगि छ
मेरो अगि मदिराको प्यला छ
अध्यारो रात झरीले भिजेको छ
मेरो आँखा किन हो किन नसामा
रितिएको छ
आफै समालिन खोज्दा सडक मा
लडेर अतित हरु संग ठोकिन पुग्छु
बेहोसीमा कराएर तिम्रो नाम लि पठाउदा
गल्लीहरुमा आफै बदनाम भइ पठाउछु
कसरी अंगाल्नु आफैले आफैलाई
लथालिङ् भएर सडक भरि छरेको बेला
कसरी समाल्नु आफैले आफैलाई
पाउहरु गुङ्गुरु संग नाचेको बेला
No comments:
Post a Comment