घरको आगन आज सुन्य पाए
सदा झैँ त्यहाँ हसिलो अनुहारमा
स्वागत गर्ने त्यो ढुक ढुकी थिएन
त्यो आवाज थिएन नानी थाकेउ होला, भोक लाग्यो होला भन्ने आवाज सदाको लागी थिएन
कराई कराई रुन थाले म
बिलाप गर्न थाले म
सदा जस्तै म प्रतीक्षा मा थिए
नानी के भयो भन्दै अतालिन्दै आउने
त्यो आवाज सुनिन् ,न उनी नै त्यहाँ आए
मलाई फकाई फकाई लोरी सुनाउदै
सुताउने उनी आज कहाँ सुतेकी होली
भोको छ भन्दै मलाई जबर जस्ती खाना खिलाउने मेरो प्यारो आमा
उहाँ कतै भोकै त छैन होलिन
जब म सानो बाबु हुँदा अनि खुशी हुँदा तपाइको पर्वा गर्दिन थिए
जब म दुःखी हुन्थे तपाइलाई खोज्थे
तपाई को अमुल्य ममताको मूल्य
अहिले बुज्न थाले
तपाई को कोमल स्पर्श को कमी
अहिले गर्न थाले
भगवान सित प्राथना छ मेरो अर्को जनम मा पनि तपाइको कोख बाट जन्मिनु पाउ
आमा ,आमा ,आमा , आमा , आमा
No comments:
Post a Comment