Thursday, November 26, 2015

हजार रुप देखे यहाँ नकाब ओडेको
हजार भीडहरुमा उसलाई मात्र
देखे उ एक्लो भएको
फुल सबै फक्रेको देखे बैसमा
एउटा फुल नफुली मुर्झाएको देखे

मौसाम पनि पागल सरि भएको
देखे
आधी हुरीमा ऊ चित्कार गर्दै नाचेको देखे
तुफान सित उसको मुटु बगेको देखे
सिरानी उसको मात्र आँसु ले भिजेको देखे

काँडा मा बाँदीएको छ जीवन यहाँ
कोमल फुल ले बिजाएको उसको जीवन यहाँ
रित्तो अध्यारो कोठामा उ एक्लै छ
उ एक्लै छ,उ एक्लै छ,उ एक्लै छ

No comments:

Post a Comment