माया को अलिकति आभाश देउ मलाई
जिउने आराधना तिमीलाई सुम्पिने छु
बिस्वाश मा बनेको सम्बन्धकाे भरोसा देउ मलाई
मेरो अन्तिम स्वास पनि तिमीलाई सुम्पिने छु
एउटा मुस्कान कहिले अपुरो छैनौ
तिमी आफै भित्र तिमी पूर्ण छौ
बिशाल आकाश को शान्त पन हौ
त्यही शुन्यता भित्र एउटा आवाज हौ
आगो भित्रको न्यानो पन हौ तिमी
मलाई छोएर जाने हावाको शितलता हौ तिमी
कसरी बयान गरु तिम्रो समर्पणको
ब्याखा गरु कसरी तिम्रो हर एक त्यागहरुको
जिउनु को कारण अनेकौ हुन्छ
तिमी नभए यो जीवन मर्नुको बराबर हुन्छ
No comments:
Post a Comment