आँखाले कसलाई खोजेको
भिडहरुमा
मुटुले कसको स्पर्श खोजेको
जीवनको मोडहरुमा सुनसान बाटोमा जब एक्लो भएर
बाच्नुको अर्थ खोज्न थाले
काडा र फुलको भिन्नता अहिले बुज्न थाले
हरियाली बन दाडा अति सुन्दर संसार. म भ्रम मा थिएछु,सपनामा थिएछु सात रंग ले कोरिएको इन्द्रेणी रंग त्यस भित्र केवल तिमी मात्र प्रतिबिम्भ थिएछौ
जुन्केरी को उज्यालो पछौदै हिड्ने
बस म भड्किएको एक्लो यात्री थिएछु
पात जब सुखा भएर झर्न थाल्छ
तब आफ्नो अस्तित्त्व बुज्न थाल्दो रहेछ
आँखा ले मेरो यथार्थ खोजेको रहेछ
मुटुले मिर्तिउ को स्पर्श खोजेको रहेछ
रात को त्यो सुनसान बाटो अनि म
रुख बाट झर्दै गरेको पात अनि म
पानीको एउटा थोपा अनि म
स्वार्थी जीवनी केवल म अनि म मात्र
No comments:
Post a Comment