Wednesday, April 19, 2017

ब्यस्त भिडमा हराएको अनुहार 
अमुर्त नाटक भित्र हर साँझ हराउदै छ 
मक्ख पर्छ दर्शकवृन्दको भिड देखेर 
तालि बज्छ , सुन्छ प्रशंसाहरु   
घमण्डी बन्छ अनि पर्छ ओझेलमा
संसार जित्न छ उसलाई 
नौलो प्रतिमा बनाउन छ उसलाई 
पुरानो अरुको रेकड तोड्नु छ उसलाई
नयाँ कीर्तिमान रच्न छ उसलाई 
हर दिन रात समाचारमा हुनु छ उसलाई 
समालोचकको दिमागमा गुमी रहनु पर्छ उसलाई 
विज्ञापन भएर बजार भरि छरिनु पर्छ उसलई
राजनीति मा पनि हात जोडीराको देख्छु
भगवानको मन्दिरमा पनि भिख माङ्दै गरेको देख्छु   
उसको भोख मर्दैन जब सम्म उ मर्दैन 
अमुर्त नाटक बाट प्रसिद्धी कमाए देखि 
उसले कसैलाई चिन्दैन 
मनोविज्ञान क्षति ग्रस्थ भएको छ 
हर दिन उसको नयाँ अमुर्त नाटक हुन्छ
अनि नयाँ नयाँ चरित्र प्रश्तुत गरिरहेको हुन्छ 
सबैलाई भ्रम मा पारी दिन्छ 
अवस्था यस्तो अाई सकेको छ 

कुन दिन आँफैले म भगवान हो भन्नु पनि बेर छैन

Sunday, April 16, 2017

मैले दिनलाई - किनेको दिन
अँध्यारोमा - रातलाई बेची दिए
पट्टि बादेर जब दिन संग - हिंडेको दिन
आँखा को ज्योति - रातलाई बेची दिए
उज्यालोमा सपना सित - रमाएको दिन                                                                                                                         कालो रात सित - सपना सबै बेची खाए

थोथ्रे , मैलो  , फाटेको बिहानी
मेरो यात्रा यही बाट सुरु हुन्छ
भ्रष्टाचार गर्दै , डाँटदै , चोर्दै
दिन यसरी बिताउँदै साँझ परे पछि
दुखिहरुको पसिनाको सोम रश पिउछु
कुएको , सडेको , गनाउने
सपना लिएर फेरी रातमा प्रवेश गर्छु

एक ले अर्कोलाई पट्टि ओडाएर
एना को अगाडी उभाएर प्रतिबिम्ब देखाऊँछ
अनि भन्छ यो छायाको तिमी - तिमीनै होइनौ
कस्तो अन्यौलमा परे आज म
तिम्रो छायामा हराउनु या उसकोमा
कस्तो परिक्षामा परे आज म
तिमीलाई बिस्वाश गर्नु या उसकोमा

अलमल्ल छ आज यो परिस्तिथी
कुन आधारमा समालोचना गर्नु
तिम्रो भरोसाले कुलचे हुन्छ
खै किन तिम्रो नजिक हुनु

ओझेलमा रहन्छ सदा जिन्दगी
तुक्रा तुक्रा भएर कहाँ कहाँ बाँत्न्नु
कहिले शरीर भाग भाग बातिन्छ

कहिले सम्म छिया छिया हुन्दै बाँच्नु
गल्लीहरुमा बदनाम छु प्रिये 
मधिराको तालमा नाच्छु प्रिये 
मात्दा बोलीको ठेकान हुँदैन प्रिये 
हर कोहीलाई भेट्दा न्यु खोज्छु प्रिये 
पिउदा संसार जितेको आभाष हुन्छ प्रिये 
नशामा बुद्धिमानहरु पनि मात खान्छ प्रिये 
रक्सीले विश्व घुमेर फेरी त्यही गल्लीमा                                                                                                           उभेको हुन्छु प्रिये 
मर्दहरु यस्तै हो प्रिये 
पुरुषत्व घमण्डले भरेको हुन्छ प्रिये 
संसार बिगार्ने हामी मर्दहरुनै हुन्छ प्रिये 

नारी त आमा हो नि प्रिये 
घरको मुल खम्बा नारीनै हो प्रिये 
अनुशासन अनि संस्कृति नारीकोमानै हुन्छ प्रिये
सहनशीलता नारीको मा नै हुन्छ प्रिये 
दु:ख मा पनि आँसु लुकाएर , अनुहारमा 
मुस्कान लिएर बस्ने नारी नै हुन्छ प्रिये 
पहिलो पल्ट संसार देखाउने नारीनै हुन्छ प्रिये 
तिमी मेरो संसार - मेरो जीवन तिमीनै हौ प्रिये 
मर्दहरुको  जीवनी मा कोहि नारी न भइ दिए प्रिये

मर्द सबै न घरको न घाटको हुन्थ्यो नि प्रिये
मदिरा  - म - अनि - गल्ली  

गल्लीहरुमा बदनाम छु प्रिये 
मदिराको  तालमा नाच्छु प्रिये 
मात्दा बोलीको ठेकान हुँदैन प्रिये 
हर कोहीलाई भेट्दा न्यु खोज्छु प्रिये 
पिउदा संसार जितेको आभाष हुन्छ प्रिये 
नशामा बुद्धिमानहरु पनि मात खान्छ प्रिये 
रक्सीले विश्व घुमेर फेरी त्यही गल्लीमा                                                             उभेको हुन्छु प्रिये 
जँड्याहा हु रातनै प्यारो भएको छ प्रिये 
अरुले चोट - ब्यथा लुकाउन पिएको हरे प्रिये 
तर मैले चै मर्दहुनुको गर्वले पिएको हो प्रिये 
मर्दहरु यस्तै हो प्रिये 
पुरुषत्व घमण्डले भरेको हुन्छ प्रिये 
पिएर कहिले काही तिमीलाई पनि भुलेकोछु प्रिये

भौतारिन्दै लर्बरेको पाईला अनि गल्ली
उभेर मुस्कुराई रहेहेको छ त्यो अपरिचित नारी 

जबर्जस्ती अर्को बाद्यताले उभेको छ गल्लीमा
केहि नमिल्नु पनि संयोगनै थियो  
मिलेर फेरी नमिल्नु दुर्घटनानै थियो  
कुन नजरले हेर्छौ - कसरी कति बुज्छौ 
दृष्टिकोण आफ्नै थियो 
कहिले सिर माथी राख्थ्यौ  
कहिले पैताला मुनि कुल्चिन्थ्यौ   
एक किसिमको खामोशी पन थियो 

मिठा मिठा सम्बातहरु हुन्थ्यो 
अंगालोमा बादेर संसार बुल्थ्यौ
मिठो कुराकानी बिबातमा बदलियो 
अंगालोको सिमा रेखा कोरियो 

अभाव पनले मन शुन्य रित्तो बन्यो 
बिर्सन भन्छ सिपालु मस्तिष्कले 

कहाँ बिर्सनु दिन्छ कमिलो यो हिर्दैले
कोर्दै छु भुईमा आफ्नै छायाको चित्र 
त्यो आकारमा , म त्यो भित्र छुईन  
म भित्र को म मा , उ मेरो एउटा कैदी हो 
मेरो छायामा , उ एउटा निर्जीव लास हो 

म भित्रको कारागरमा बन्द भएको मेरो आवाज 
शुन्यतामा आफै कहिले काही एक्लै सुन्छु 
मेरो काल्पनामा आँखा भरी आएको चित्र 
आफु भित्रको खाली क्यानबशमा 
आफु भित्र आफ्नै चित्र कोर्दै बस्छु 

जीवन जीवित हुन्छ छाया झै अस्थायी हुन्छ 
जिउनु को लागि जीवन मृत्यु यथार्थ हो 
त्यो भित्र माया , घृणा , आशा , निराशा 
सबै पाएको हुन्छौ  सबै गुमाएकाे हुन्छौ  

कोर्दै छु भुई मा आफ्नै छायाको चित्र
हराएछ एक दिन यादहरु बाट 
पोखिएछ एक दिन आँखाको नानी बाट 
लेखी छोडेको चिट्ठी मेटिन थालेछ
सम्झना धमिलो हुँदै हुँदै गएछ 
अन्तिम पल बिस्तारै बन्द हुँदै गएछ 

पुरानो चित्र झै भितामा झुन्डेछ                                                                            
याद मात्र बनेर 
पुरानो फुल दानीमा भुलेको एक्लो फुल 
बिस्तारी श्वास त्यागेछ  
नयाँ समयको लागि पुरानो कथा बनेर 
धुलै सहरी आल्मारीमा थन्केछ  

पाइतालाको सारा यात्रा रोकियो 
तर संसार रोकिएन
विश्व घुम्न थाल्यो अधुरो सपना 

तर शरीर गतिहीन बशि रह्यो
हेरी नसक्नु छ 
सुनी नसक्नु छ 
बोलि नसक्नु छ 
ब्यथा चाप र लाली गुरासको 
भत्केको बाटो 
खाडलै खाडल बाटो 
पैरो गएछ बाटो 
पुग्नु पर्ने पुरानो चौतारी 
कोहि भोको छैन 
कोहि तिर्खाएको छैन 
कोहि नाङ्गो छैन 
सबै भिखारी मात्र  
सबै ज्ञानी 
सबै बुज्ने 
सबै साक्षर
अशिक्षितको हुल
बिचारा हामी 
सहानुभूति खोजि हिंड्ने 
घर खनेर आगन पुर्ने 

बौद्धिक क्षमता हाम्रो है !!!!!!!
पहिला भेटै नहुनु पर्थ्यॊ 
भेटे पनि नबोल्नु पर्थ्यॊ
बोले पनि सम्बन्ध नबाध्नु पर्थ्यॊ
सम्बन्ध गाशे पनि वियोगान्त
अन्त नहुनु पर्थ्यो

सुन्य आकाशमा हराएको ध्वनी  
खोज्दै उत्तर - सुन्य त्यो नाता भित्र 
एकान्ता बिहानीमा हराएको आवाज 
खोज्दै उत्तर - विचलित घुइचो भित्र 
सुन्य को वोध गर्न मात्र सक्छु 

आवाजमा मनोभाव हराई पठाउछु
बियोग गरेर यहाँ के नै हुने हो र 
सम्झना गरेर अब के नै हुने हो र                                                                                                             नयन भिजाएर झनै के नै हुने हो र  
दो बाटोमा पर्खेर अहिले के नै हुने हो 

अमृत भनि पिएकै थिए तिम्रो माया 
वरदान सम्झी अंगालेकै थिए तिम्रो माया

जुन तारा झार्ने झुठ बोल्नु सक्दिन थिए 
छल गरेर घामको किरण दिनु सक्दिन थिए 

अपेक्षा धेरै थियो होला मेरो बाट 
अयोग्य भइ गए तिम्रो आवश्यकताको लागि 
साच्चै नै मेरो अभाग्य हो जिवनीको 

छानिक भए पनि तिम्रो छाहारीमा जिउनु पाए
नसामा हुँदा आँफैलाई  लुकाउन खोजेको होइन 
मधिरा पिएर मैले जिवनी भुल्न खोजेको होइन 
प्याला समाएर आफु बाट भाग्न खोजेको होइन 
नसामा झुमेर ब्यथा पोखाउन खोजेको होइन 

तिमीले कसरी बुझ्न सक्छौ मलाई , त्यसरी बुझ 
मैले रक्सिको मित्रतालाई अगालेर जिएको होइन 
कुन्चै मापदण्डमा तौलिन्छौ मेरो नसालु मायालाई  
मैले मधिरा सित साईनो गासेर बाचेको होइन 
कसैको लागी पिएर म रात भर डुलेको होइन

रात पर्दै जान्छ मेरो जिवनी सुरु हुँदै जान्छ 
सपना देखी टाडा हुन खोजेको होइन 
नसा भित्र जब म दुब्दै दुब्दै जान्छु 
तब म आफैलाई भुल्दै भुल्दै जान्छु 

नसामा हुँदा आँफैलाई  लुकाउन खोजेको होइन
केहि नमिल्नु पनि संयोगनै थियो  
मिलेर फेरी नमिल्नु दुर्घटनानै थियो  
कुन नजरले हेर्छौ - कसरी कति बुज्छौ 
दृष्टिकोण आफ्नै थियो 
कहिले सिर माथी राख्थ्यौ  
कहिले पैताला मुनि कुल्चिन्थ्यौ   
एक किसिमको खामोशी पन थियो 

मिठा मिठा सम्बातहरु हुन्थ्यो 
अंगालोमा बादेर संसार बुल्थ्यौ
मिठो कुराकानी बिबातमा बदलियो 
अंगालोको सिमा रेखा कोरियो 

अभाव पनले मन शुन्य रित्तो बन्यो 
बिर्सन भन्छ सिपालु मस्तिष्कले 

कहाँ बिर्सनु दिन्छ कमिलो यो हिर्दैले
केहि नमिल्नु पनि संयोगनै थियो  
मिलेर फेरी नमिल्नु दुर्घटनानै थियो  
कुन नजरले हेर्छौ - कसरी कति बुज्छौ 
दृष्टिकोण आफ्नै थियो 
कहिले सिर माथी राख्थ्यौ  
कहिले पैताला मुनि कुल्चिन्थ्यौ   
एक किसिमको खामोशी पन थियो 

मिठा मिठा सम्बातहरु हुन्थ्यो 
अंगालोमा बादेर संसार बुल्थ्यौ
मिठो कुराकानी बिबातमा बदलियो 
अंगालोको सिमा रेखा कोरियो 

अभाव पनले मन शुन्य रित्तो बन्यो 
बिर्सन भन्छ सिपालु मस्तिष्कले 

कहाँ बिर्सनु दिन्छ कमिलो यो हिर्दैले
कोर्दै छु भुईमा आफ्नै छायाको चित्र 
त्यो आकारमा , म त्यो भित्र छुईन  
म भित्र को म मा , उ मेरो एउटा कैदी हो 
मेरो छायामा , उ एउटा निर्जीव लास हो 

म भित्रको कारागरमा बन्द भएको मेरो आवाज 
शुन्यतामा आफै कहिले काही एक्लै सुन्छु 
मेरो काल्पनामा आँखा भरी आएको चित्र 
आफु भित्रको खाली क्यानबशमा 
आफु भित्र आफ्नै चित्र कोर्दै बस्छु 

जीवन जीवित हुन्छ छाया झै अस्थायी हुन्छ 
जिउनु को लागि जीवन मृत्यु यथार्थ हो 
त्यो भित्र माया , घृणा , आशा , निराशा 
सबै पाएको हुन्छौ  सबै गुमाएकाे हुन्छौ  

कोर्दै छु भुई मा आफ्नै छायाको चित्र
नहेर हौ अब अनुहारमा 
अनुहारमा अब केनै रह्यो  
छैन बान्कि परेकी त्यो जोबन 
चौउरीमा गन्नु गणित हाम्रो जीवन अनुभव 

घरको एउटा कोठाको कुनामा 
एक्लै दिन - रात कातिन्दैछ   
कहिले हाँस्छु - फेरी रोइ पठाउछु 
गुनगुनाउछु - फेरी एकान्तमा हराइ पठाउछु
अनन्त मायाको हिसाब जोड्छु - घटाऊछु 

अन्तिम घडीको एक्लो पन  
कति कठोर हुदोरहेछ नि 
कहिले काही भुली जान्छु 

खस्किन्दै गरेको नाश्वर जीवन
छेकेर कसैको गन्तब्य मैले छेक्नु सक्ने होइन 
खोसेर कसैको खुशी मैले पाउनु सक्ने होइन 
मागेर कसैले मलाई यहाँ माया दिने होइन   
आफ्नो भाडा त यहाँ सदा रित्तो देख्छु  
खोसेर मेरो जीवनी कहिले भरिने होइन 

अग्लो अग्लो पर्खाल भित्र कैद छु लाग्छ 
ठुलो ठेली किताब को शब्द भित्र बन्द छु लाग्छ 
अनायस दिन रातलाई ओल्टाई पल्टाई हेर्छु 
के को लागि ? किन मैले गरेको ?
एउटा रित्तो भाडा सुन्यतामा बजे जस्तो लाग्छ 

कोहि बाहिर बाट नाङ्गो देख्छु 
कोहि भित्र बाट नांगिएको देख्छु 
लुगा लगाएर शरीर ढाकेर कहाँ हुदो रहेछ 
आखिर हामी सबै नाङ्गो नै त रहेछौ

मानवीय सबै भिखारी हौ 
न यहाँ कोही धनि छ 
न यहाँ कोही गरिब छौ 

बश सभ यहाँ भिखारी मात्र छौ
बन्धी बन्छ साँझ पिन्जारामा त्यसै त्यसै                                                                            मेरो रात किन बद्लिन्छ सँधै 
बदली  जाने मन झन् धेरै धेरै
आँधा रातमा किन ब्यूँझन्छु ?
हराएको सपना खोज्छु 
लजाउँदै सपनालाई कुना बन्ध कोठामा लुकाउछु   
कहिले लुटुपुटु खेल्छु बितेका पल संग  
लाग्छ त्यो मेरो जित थियो  
अहिले अधूरो चेतनाले भन्छ त्यो भ्रम मात्र थियो 
संघर्ष , प्रतिश्पर्धा , युद्ध आफ्नै लागि मात्र थिएछ  
यहाँ सबै आफ्नै लागि मात्र बाचेको देखे 
अन्यौल चेतनाको नराम्रो प्रभाऊ 
आफैलाई दोषी पाए 

आफै लूटाहा, शिकारी - आफैलाई शिकार देखे
रंग सबै चिन्छु 
तर रंग भित्र म छुईन  
सबैको आ-आफ्नै रंग होला 
तर मेरो कुनै रंग छैन  
रंगको पनि कति ठुलो भूमिका छ 
हाम्रो समाजमा 
रंगको लागि                                                                                                                                             सबै त्यागी दिन्छ 
सबै बिर्शी दिन्छ 
सबै नाता तोडी दिन्छ 
आखिर रंग मा त्यस्तो के शक्ति छ ? 
रंगले मानव दार्शनिक पद्धतिलाई                                                                                                                   कसरी निर्वाहण गर्न सकेको ?

अच्चम छ !!!!!!!!!
दुख्ने पिडा पनि मेरै हो 
दुख्ने घाउ पनि मेरै हो
खुशी अनुहार पनि मेरै हो 
खुशी मन पनि मेरै हो 

क्षणभर को लागि बाटोमा भेटेकाे
मात्र हो तनाउहरु  
ढल फल हुने जीवनी केहि क्षण को 
लागि साटेको मात्र हो 
लुकी जाने जवानी केहि क्षण को 
लागि पैचो मागेको मात्र हो

पात बाट खस्दै गरेको एक थोपा 
पानी त हौ हामी 
घामको किरणमा बिहानै बिलि जाने
शीत को थोपा त हौ हामी 
रेगिस्तानको मृगतृष्णा भित्र लुकेको 

प्यास मात्र त हौ हामी
बिदाईको समय आँसु भित्र बाट 
अन्तिम पल्ट हेरेको थिए
चुप चाप केही नबोली 
क्षितिश पारीको घाम बनि 
सूर्यास्त बन्दै बिलिन हुन्दै थियौ  
बश उभेर हेरी रहे हेरी रहे 

उपस्थिति छैन अहिले मेरो त्यहाँ
त्यो मोड कहिले नबिर्सिने याद बन्छ 
परिवर्तन भइ सक्यो सबै ती पलहरु 
हुन सकेन फरक त्यो छन् कहिले

आगो बनि जली सके - खरानी बने 
अब खरानीको यहाँ के महत्व 
हावामा उडी जान पनि सक्छु 

पानीमा बगी जान पनि सक्छु
आजद मनोभाव भोकी  
खुल्ला आकाशमा उड्न चाहन्छु 
गन्तव्य भेत्छु भेत्दिन्न थाहा छैन 
सिधा या अप्रत्यक्ष रुपले सन्तुष्टी
मिल्छ मिल्दैन थाहा छैन  

आँधा लुकेको पुर्णिमाको जुन
छेकिएको अधुरो प्रियसीको प्रित  
ओठमा असामान्य अल्झेको मुस्कान 
कहाँ पाउँछु होला त्यो खुल्ला आकाश ?

अव्यवस्थित मन उद्छ कहाँ कहाँ 
लापरवा सोचहरु पुग्छ कता कता 
निर्लज्ज स्वभाव बोकेर हिडेको छु 

कहाँ पाउँछु होला त्यो खुल्ला आकाश ?
कहाँ गयो होला हुरी संगै बगीरहने                                                                                                                   त्यो कलिलो कल्पना ?                                                                                                                                     कहाँ गयो होला झरी संगै रुजीरहने                                                                                                                     त्यो अधूरो सपना ?
कता होला कच्ल्तेर फुल्न नसकेका                                                                                                           त्यो सुद्ध बिचार ?
के भयो होला है त्यो युवा आत्मविश्वासलाई ? 
समय बदलियो - समय रोकिएन।                                                                                                             अहिले त कलपना , सपना , बिचारहरु                                                                                                               आँफै संग आत्मकेन्द्रित भएर बसे जस्तो छ 

आखाँ चिम गरेर एक पल्ट त्यो अतितलाई 
चियाएर हेर्छु  
आत्मा ग्लानी हुँदै एक पल्ट भित्री मुटुलाई 
प्रश्न गर्छु 
आफैलाई एक पल्ट त्यो हिज र आजको 
माजधार मा उभाएर हेर्छु  
धेरै धेरै टाढा भइ सकेछु अहिले आफु आँफै देखी  

अब कहाँ खोज्नु होला बालाक पनको 
निर्देाषिता
अब कहाँ खोज्नु जानु बालक पनको 

विना शर्त माया
मीठा पलहरुमा म कहिले भुले 
त्यही यादहरु लिएर आज फेरी म भुले 
एक एक पाइला मा अतित समेटिएको छ 
त्यही अतित मा आज फेरी म भुले

उकालो मा पसिना भित्र लुकेको म 
म भित्र लुकेको एउटा ढुक ढुकी
सपना सित लुकेको एउटा अाकांक्षा
मधहाेश पाइला चल्दै छ चल्दै छ 

लेख्दै छु कथा यो जिन्दगीको
शब्दहरु  कहाँ गएर टुंगिने हाे                                                                                
हिड्दै गरेको पाईला को गन्तब्य पनि                                                                        कहाँ ,कता , कहिले रोकिने हो

मीठा पलहरुमा म कहिले भुले 

त्यही यादहरु लिएर आज फेरी म भुले
शून्य आकशमा उडिरहेको 
विचार                                                                                                अदृश्य हावा भित्र बगिरहेको 
कल्पना 
दर्शन खोज्छन ढुंगामा पनि 
निराशा 
ढुक्कले बस्न न सक्ने हामी 
चाहना

सम्झना मात्र बोकेर पर्खि रहने 
मुटु
हाँस्दै सुरु हुने , रुन्दै बिदा दिने 
माया  
शुन्य बाट सुरु , अन्त पनि शुन्य 
जीवनी  

सिमित छन् सोच सबैको यहाँ
तर किन बन्न खोज्छन विद्वान सबै यहाँ 
कसैले किनेको छैन स्वर्ग यहाँ 
नर्ग सित किन डराउछ सबै यहाँ 

आज यो रात तिम्रो हो भने 
दिन कतै कहीँ कसैको हुन्छ 
सुन्दर, रमणीय आज हुन्छ भने 

दु:ख पनि कतै कहीँ अल्झेकाे हुन्छ
कहिले दिन अनि साँझको 
शंका सित अल्झिन्छु 
कहिले सिंगो रात संग 
दोधारमा अल्झिन्छु 
फुत्छु , भत्किन्छु 
जोडिन्दै - फेरी फुत्छु फेरी भत्किन्छु   
कहिले दिक्क लाग्छ
विकल्प केही छैन 
बस एक मुठी श्वास भैन्झेल 

मलाई जिउनु छ बस जिउनु छ
कहिले दिन अनि साँझको 
शंका सित अल्झिन्छु 
कहिले सिंगो रात संग 
दोधारमा अल्झिन्छु 
फुत्छु , भत्किन्छु 
जोडिन्दै - फेरी फुत्छु फेरी भत्किन्छु   
कहिले दिक्क लाग्छ
विकल्प केही छैन 
बस एक मुठी श्वास भैन्झेल 

मलाई जिउनु छ बस जिउनु छ
अनौपचारिक सुचना                                                                                                                               आत्माको - हत्या 
गरेको घोषणा गर्दैछु 
त्यही पुरानो आत्मा भित्र 
अब मलाई पाउने छैनौ  
म भित्रको त्यो पुरानो म मा 
मलाई बाच्नु छैन 
म भित्रको आत्मालाई 
नयाँ जीवन दिन्दैछु 
नयाँ परिकारले बाच्न  सिकाउँदैछु
कायरले आत्मा हत्या गर्छ 
मैले म भित्रको सुन्धर आत्मालाई 
हत्या गरेको 
उफ्रन्ताको म भित्रको आत्मा 
जालसाजी गर्ने , नकारात्मक सोच्ने 
विनाशकारी , डाका 
यस्तै यस्तै परिकारले अबको दिनहरु 

बिताउने
आगो त जली रहन्छ - तर 
आगो भित्र जली रहनु कहाँ सजिलो छ 
दुख्ने मुटु दुखि रहन्छ - तर
दुखेको मुटु भित्र बाची रहनु कहाँ सजिलो छ 

अनायास यो ओठमा तिम्रो नाम लि पठाए 
सम्झ अतितको झैझगडा सित लडी रहेको छु 

मेरो बाट न्यायको के अपेक्षा गर्छौ 
आँफैले आफ्नै न्यायको चोट पाएको छु 
जुन दृढता पुर्वक निर्णय लियौ बिछोडको 
अहिले सम्म त्यही निर्णयमा अल्झी रहेको छु 

ओझेलमा पारेर जब टाडा भयौ 

त्यही अन्यौलमा अहिले सम्म हराई रहेको छु
जीवन यति साँगुरो भएको छ 
बिहान उठेको देखि सुतिन्जेल सम्म 
आफैलाई बुझ्ने फुर्सत छैन 
निद्राले छोडेको हुन्दैन                                                                                                                                         संघर्ष को लागि तयारी हुनु पर्छ 
आफ्नु टिकाउ थाँहा छैन 
भोख को लडाईं मा होमिनु पर्छ                                                                                                                              बाच्न् को लागि कुदनु पर्छ
दुनियाँलाई यहाँ जित्न पर्छ 
तर आफु सित आफु हारेको थाहा हुन्दैन 
यो जीवन अर्थतन्त्र विज्ञापन भएको छ 
बजारमा बिक्ने समान भएको छौ हामी  
उपलब्धि र मागको भरोसामा जीवन निर्भर पर्छ 
इलास्टिक जस्तो तन्किन्दै जान्दैछ                                                                                                             उपलब्धि र माग 
चरम बिन्दु मा जब पुग्छ साँगुरो जीवन 
सबै अनुभव अनि भोगेको कुराहरु                                                                                                                     फ्यात्त चुत्तेर जब फेरी आफ्नै पूर्ण आकारमा अाई पुग्छ  
अनि आँफैले आँफैलाई अन्तिम प्रश्न गर्छ 
अनि हेर्छ आँफैलाई 
रित्तोपना बाहेक केही हुँदैन                                                                                                                          केहि पनि हुन्दैन सबै मेटी सकेको पाउँछ  
संसार यति साँगुरो भएछ 
दिन प्रतिदिन जीवन खुम्चिंदै खुम्चिंदै जन्दैछ
फराकिलो संसारको आशा लिएर 

मिठो सपना गुन्दै बस्दैछु
कुइरो भित्र लुकेको अनुहार 
अमुर्त चित्र बन्दै हरपल भत्किन्दै छ 
जित पनि अनि हार पनि = शुन्य 
प्रसिद्ध पनि कलङ्कित पनि = शुन्य 
चित्रले भन्नु छैन कसैको कथा 
न देखाउनु छ कसैको ब्यथा 
न नश्वर न अजम्मरी हुनु छ 
नाथे एउटा वर्णन गर्नु नसकेको 
अमुर्त चित्र मात्र त हो नि 
लथालिङ्ग - भताभुङ्ग देख्छौ मलाई 
हो म त्यस्तै छु -:                                                                                          के के नमिलेको 
कता कता अपुरो                                                                              कहाँ कहाँ वास्ता नगरेको 
कतै ज्यादै रंग पोतेको 
कुनै भाग तेतिकै छोडेको 
बुज्न खोज्दा बुजेको जस्तो 
ज्यादा बुज्न नसकिने 
हो म त्यही बाटोमा भौतारिरहने   
हो म त्यही सडकमा चिचाईरहेने 
म त्यही कुइरो भित्रको अनुहार 

एउटा अमुर्त चित्र