Sunday, April 16, 2017

छेकेर कसैको गन्तब्य मैले छेक्नु सक्ने होइन 
खोसेर कसैको खुशी मैले पाउनु सक्ने होइन 
मागेर कसैले मलाई यहाँ माया दिने होइन   
आफ्नो भाडा त यहाँ सदा रित्तो देख्छु  
खोसेर मेरो जीवनी कहिले भरिने होइन 

अग्लो अग्लो पर्खाल भित्र कैद छु लाग्छ 
ठुलो ठेली किताब को शब्द भित्र बन्द छु लाग्छ 
अनायस दिन रातलाई ओल्टाई पल्टाई हेर्छु 
के को लागि ? किन मैले गरेको ?
एउटा रित्तो भाडा सुन्यतामा बजे जस्तो लाग्छ 

कोहि बाहिर बाट नाङ्गो देख्छु 
कोहि भित्र बाट नांगिएको देख्छु 
लुगा लगाएर शरीर ढाकेर कहाँ हुदो रहेछ 
आखिर हामी सबै नाङ्गो नै त रहेछौ

मानवीय सबै भिखारी हौ 
न यहाँ कोही धनि छ 
न यहाँ कोही गरिब छौ 

बश सभ यहाँ भिखारी मात्र छौ

No comments:

Post a Comment