Sunday, April 16, 2017

कोर्दै छु भुईमा आफ्नै छायाको चित्र 
त्यो आकारमा , म त्यो भित्र छुईन  
म भित्र को म मा , उ मेरो एउटा कैदी हो 
मेरो छायामा , उ एउटा निर्जीव लास हो 

म भित्रको कारागरमा बन्द भएको मेरो आवाज 
शुन्यतामा आफै कहिले काही एक्लै सुन्छु 
मेरो काल्पनामा आँखा भरी आएको चित्र 
आफु भित्रको खाली क्यानबशमा 
आफु भित्र आफ्नै चित्र कोर्दै बस्छु 

जीवन जीवित हुन्छ छाया झै अस्थायी हुन्छ 
जिउनु को लागि जीवन मृत्यु यथार्थ हो 
त्यो भित्र माया , घृणा , आशा , निराशा 
सबै पाएको हुन्छौ  सबै गुमाएकाे हुन्छौ  

कोर्दै छु भुई मा आफ्नै छायाको चित्र

No comments:

Post a Comment