गल्लीहरुमा बदनाम छु प्रिये
मधिराको तालमा नाच्छु प्रिये
मात्दा बोलीको ठेकान हुँदैन प्रिये
हर कोहीलाई भेट्दा न्यु खोज्छु प्रिये
पिउदा संसार जितेको आभाष हुन्छ प्रिये
नशामा बुद्धिमानहरु पनि मात खान्छ प्रिये
रक्सीले विश्व घुमेर फेरी त्यही गल्लीमा उभेको हुन्छु प्रिये
मर्दहरु यस्तै हो प्रिये
पुरुषत्व घमण्डले भरेको हुन्छ प्रिये
संसार बिगार्ने हामी मर्दहरुनै हुन्छ प्रिये
नारी त आमा हो नि प्रिये
घरको मुल खम्बा नारीनै हो प्रिये
अनुशासन अनि संस्कृति नारीकोमानै हुन्छ प्रिये
सहनशीलता नारीको मा नै हुन्छ प्रिये
दु:ख मा पनि आँसु लुकाएर , अनुहारमा
मुस्कान लिएर बस्ने नारी नै हुन्छ प्रिये
पहिलो पल्ट संसार देखाउने नारीनै हुन्छ प्रिये
तिमी मेरो संसार - मेरो जीवन तिमीनै हौ प्रिये
मर्दहरुको जीवनी मा कोहि नारी न भइ दिए प्रिये
मर्द सबै न घरको न घाटको हुन्थ्यो नि प्रिये
No comments:
Post a Comment