बियोग गरेर यहाँ के नै हुने हो र
सम्झना गरेर अब के नै हुने हो र नयन भिजाएर झनै के नै हुने हो र
दो बाटोमा पर्खेर अहिले के नै हुने हो
अमृत भनि पिएकै थिए तिम्रो माया
वरदान सम्झी अंगालेकै थिए तिम्रो माया
जुन तारा झार्ने झुठ बोल्नु सक्दिन थिए
छल गरेर घामको किरण दिनु सक्दिन थिए
अपेक्षा धेरै थियो होला मेरो बाट
अयोग्य भइ गए तिम्रो आवश्यकताको लागि
साच्चै नै मेरो अभाग्य हो जिवनीको
छानिक भए पनि तिम्रो छाहारीमा जिउनु पाए
No comments:
Post a Comment