हराएछ एक दिन यादहरु बाट
पोखिएछ एक दिन आँखाको नानी बाट
लेखी छोडेको चिट्ठी मेटिन थालेछ
सम्झना धमिलो हुँदै हुँदै गएछ
अन्तिम पल बिस्तारै बन्द हुँदै गएछ
पुरानो चित्र झै भितामा झुन्डेछ
याद मात्र बनेर
पुरानो फुल दानीमा भुलेको एक्लो फुल
बिस्तारी श्वास त्यागेछ
नयाँ समयको लागि पुरानो कथा बनेर
धुलै सहरी आल्मारीमा थन्केछ
पाइतालाको सारा यात्रा रोकियो
तर संसार रोकिएन
विश्व घुम्न थाल्यो अधुरो सपना
तर शरीर गतिहीन बशि रह्यो
No comments:
Post a Comment