मीठा पलहरुमा म कहिले भुले
त्यही यादहरु लिएर आज फेरी म भुले
एक एक पाइला मा अतित समेटिएको छ
त्यही अतित मा आज फेरी म भुले
उकालो मा पसिना भित्र लुकेको म
म भित्र लुकेको एउटा ढुक ढुकी
सपना सित लुकेको एउटा अाकांक्षा
मधहाेश पाइला चल्दै छ चल्दै छ
लेख्दै छु कथा यो जिन्दगीको
शब्दहरु कहाँ गएर टुंगिने हाे
हिड्दै गरेको पाईला को गन्तब्य पनि कहाँ ,कता , कहिले रोकिने हो
मीठा पलहरुमा म कहिले भुले
त्यही यादहरु लिएर आज फेरी म भुले
No comments:
Post a Comment