जीवन यति साँगुरो भएको छ
बिहान उठेको देखि सुतिन्जेल सम्म
आफैलाई बुझ्ने फुर्सत छैन
निद्राले छोडेको हुन्दैन संघर्ष को लागि तयारी हुनु पर्छ
आफ्नु टिकाउ थाँहा छैन
भोख को लडाईं मा होमिनु पर्छ बाच्न् को लागि कुदनु पर्छ
दुनियाँलाई यहाँ जित्न पर्छ
तर आफु सित आफु हारेको थाहा हुन्दैन
यो जीवन अर्थतन्त्र विज्ञापन भएको छ
बजारमा बिक्ने समान भएको छौ हामी
उपलब्धि र मागको भरोसामा जीवन निर्भर पर्छ
इलास्टिक जस्तो तन्किन्दै जान्दैछ उपलब्धि र माग
चरम बिन्दु मा जब पुग्छ साँगुरो जीवन
सबै अनुभव अनि भोगेको कुराहरु फ्यात्त चुत्तेर जब फेरी आफ्नै पूर्ण आकारमा अाई पुग्छ
अनि आँफैले आँफैलाई अन्तिम प्रश्न गर्छ
अनि हेर्छ आँफैलाई
रित्तोपना बाहेक केही हुँदैन केहि पनि हुन्दैन सबै मेटी सकेको पाउँछ
संसार यति साँगुरो भएछ
दिन प्रतिदिन जीवन खुम्चिंदै खुम्चिंदै जन्दैछ
फराकिलो संसारको आशा लिएर
मिठो सपना गुन्दै बस्दैछु
No comments:
Post a Comment