बिदाईको समय आँसु भित्र बाट
अन्तिम पल्ट हेरेको थिए
चुप चाप केही नबोली
क्षितिश पारीको घाम बनि
सूर्यास्त बन्दै बिलिन हुन्दै थियौ
बश उभेर हेरी रहे हेरी रहे
उपस्थिति छैन अहिले मेरो त्यहाँ
त्यो मोड कहिले नबिर्सिने याद बन्छ
परिवर्तन भइ सक्यो सबै ती पलहरु
हुन सकेन फरक त्यो छन् कहिले
आगो बनि जली सके - खरानी बने
अब खरानीको यहाँ के महत्व
हावामा उडी जान पनि सक्छु
पानीमा बगी जान पनि सक्छु
No comments:
Post a Comment