आजद मनोभाव भोकी
खुल्ला आकाशमा उड्न चाहन्छु
गन्तव्य भेत्छु भेत्दिन्न थाहा छैन
सिधा या अप्रत्यक्ष रुपले सन्तुष्टी
मिल्छ मिल्दैन थाहा छैन
आँधा लुकेको पुर्णिमाको जुन
छेकिएको अधुरो प्रियसीको प्रित
ओठमा असामान्य अल्झेको मुस्कान
कहाँ पाउँछु होला त्यो खुल्ला आकाश ?
अव्यवस्थित मन उद्छ कहाँ कहाँ
लापरवा सोचहरु पुग्छ कता कता
निर्लज्ज स्वभाव बोकेर हिडेको छु
कहाँ पाउँछु होला त्यो खुल्ला आकाश ?
No comments:
Post a Comment