Sunday, April 16, 2017

बन्धी बन्छ साँझ पिन्जारामा त्यसै त्यसै                                                                            मेरो रात किन बद्लिन्छ सँधै 
बदली  जाने मन झन् धेरै धेरै
आँधा रातमा किन ब्यूँझन्छु ?
हराएको सपना खोज्छु 
लजाउँदै सपनालाई कुना बन्ध कोठामा लुकाउछु   
कहिले लुटुपुटु खेल्छु बितेका पल संग  
लाग्छ त्यो मेरो जित थियो  
अहिले अधूरो चेतनाले भन्छ त्यो भ्रम मात्र थियो 
संघर्ष , प्रतिश्पर्धा , युद्ध आफ्नै लागि मात्र थिएछ  
यहाँ सबै आफ्नै लागि मात्र बाचेको देखे 
अन्यौल चेतनाको नराम्रो प्रभाऊ 
आफैलाई दोषी पाए 

आफै लूटाहा, शिकारी - आफैलाई शिकार देखे

No comments:

Post a Comment