Sunday, April 16, 2017

आगो त जली रहन्छ - तर 
आगो भित्र जली रहनु कहाँ सजिलो छ 
दुख्ने मुटु दुखि रहन्छ - तर
दुखेको मुटु भित्र बाची रहनु कहाँ सजिलो छ 

अनायास यो ओठमा तिम्रो नाम लि पठाए 
सम्झ अतितको झैझगडा सित लडी रहेको छु 

मेरो बाट न्यायको के अपेक्षा गर्छौ 
आँफैले आफ्नै न्यायको चोट पाएको छु 
जुन दृढता पुर्वक निर्णय लियौ बिछोडको 
अहिले सम्म त्यही निर्णयमा अल्झी रहेको छु 

ओझेलमा पारेर जब टाडा भयौ 

त्यही अन्यौलमा अहिले सम्म हराई रहेको छु

No comments:

Post a Comment