नहेर हौ अब अनुहारमा
अनुहारमा अब केनै रह्यो
छैन बान्कि परेकी त्यो जोबन
चौउरीमा गन्नु गणित हाम्रो जीवन अनुभव
घरको एउटा कोठाको कुनामा
एक्लै दिन - रात कातिन्दैछ
कहिले हाँस्छु - फेरी रोइ पठाउछु
गुनगुनाउछु - फेरी एकान्तमा हराइ पठाउछु
अनन्त मायाको हिसाब जोड्छु - घटाऊछु
अन्तिम घडीको एक्लो पन
कति कठोर हुदोरहेछ नि
कहिले काही भुली जान्छु
खस्किन्दै गरेको नाश्वर जीवन
No comments:
Post a Comment