Saturday, March 26, 2016

मैले लेख्न न खोजेको कविता
के गर्नु तिमीले भन लेख्नु कि नलेख्नु
मैले लेखे भने तिमीले भन्छौ होला
यो मान्छे खत्तम रहेछ , चोर डाका पो रेहेछ
लाज सरम पचेको भतुवा पो रहेछ
के गर्नु लेख्ने मान्छेको जात नै यस्तो
आँखा ले देखे मनले मानेन लेखी हाले
अब न रिसाउ लेखी त हाले बरु दुई पेग थपी देउ
फेरी यो चडाएर हेर्ने र सोच्ने , मुटु र दिमाग फेरी अर्कै
सबैको गिदी एउटै ठाउमा भुटेर
थाल मा पस्की दिएर फेरी खानु दिन्छु
फेरी यिनीहरुको सोच र विचार कस्तो हुन्छ होला
मैले के लेखेको उनीहरुको दिमाग तातेर आएछ
मैले लेख्ने बानि छोड्दिन अरुहरु रिसाउनु छोड्दैन
शहर भरि जुलुस निक्लेछ फलानाको टाउकोको टोपी
र खुट्टाको जुत्ता चोरी दियो हरे
हरे मा जुलुस गर्नेको रात दिन हरे मानै चल्दो रहेछ
हरे बाबा भन अब मैले हरि ॐ हरि ॐ लेख्नु
कि हरेको बिसाइ मा लेख्नु
तिमी तेतिकै रिसाउछौ त्यसै कारण त भनेको
मैले लेख्न न खोजेको कबिता लेख्दिन भनेको
रिसाउनु  भन्दा बरु अजै दुइ पेग थपी देउ
यो पाली चै Double Black हुनु पर्छ है
मेरो आजको रंग फिक्का छ
विदुवाको सेतो वस्त्र जस्तो
तिम्रो आजको रंगलाई सोध
विदुवाले मन भित्र कस्तो रङ                                                                                          सोचेको होला

रित्तिएकाे रङ सेतो र कालो हुन्छ
विदुवाको सिउदो उजाड जंगल जस्तो.                  
मैले टेकेको माटो न रंगहरुले रंगिएको छ
गाउँ घर न कुनै रङहरुले घेरिएको छ
मेरो आजको रंग फिक्का छ

मुकुण्डो भित्र छेकिएको छ अनुहार  
कुन्चै अनुहारहरुमा दल्नु रंग  
कुन रंगले रंगगाउनु भन मुकुण्डो भित्रको अनुहार
मेरो आजको रंग फिक्का छ
कतै तिमीले जित देखेउ होला मेरो मा
समय संग म हारेको पनि थिए                                                                    मैले आज केही पाएको छु भने
समय मा तिमी भित्र हराएको पनि थिए

लुक्ने आँसु लुकी दिन्छ आँखा भित्र नै
दुख्ने मुटु दु:खी रहन्छ भित्र छातीमा
समय बग्दै जान्छ हामी यात्री बन्छौ
आफु सिट बोकेर ल्याएको मन भित्रको बोज
समय पुग्दा , समयले फर्काइ  लान्छ
कदापी म कहिले भत्किएको थिएन
बाटोको घुम्तीहरु देखेर म डराएको थिए
मेरो विश्वास यति साह्रो आत्तिएको थियो
यो मन त्यसै कापी रहेको थियो
कदापी म कहिले भत्किएको थिएन

बन्दी बन्छ साझ पिन्जारामा त्यसै त्यसै                                                                                                                                 मेरो रात किन बद्लिन्छ म त्यहा न भइ                                                                                                                                                                        बद्ली जाने मनहरु झन् यहाँ धेरै धेरै
आधा रात मा किन बिउझिनछु
सधैं म एक्लै एक्लै

आकाश को सुन्यतालाई हेर्छु
मेरो आवाज गुन्जिएर बसेको होला
फेरी जमिनमा हेर्छु हल्लै हल्ला सुन्छु
तर मलाई सुनी दिने कोहि हुँदैन
यदि म नै म यहाँ न भइ  दिए
कहिलेकाही , किनारालाई छोडी जाने
बग्ने पानी भइ दिन्छौ
कहिलेकाही , समुन्द्रको छाल बनि
डुबाइ दिन्छाै जीवनी
कहिलेकाही , बाध्यताको घुम्टो भित्र लुकी
धेरै टाडा भाक्न खोज्छौ
कहिलेकाही , एउटा आशा दिएर
धकेलि दिन्छौ निरासा पनमा

म अहिले एउटा प्रश्न भएको छु भने
त्यस समयमा म तिम्रो उत्तर थिए
म अहिले आएर तिम्रो समस्या भएको छु भने
त्यस समय तिम्रो समस्याको समाधान थिए                                                      झुठै झुठ ले भरेको त्यो मनमा
हाम्रो बिचको कथा एउटा मरीचिका मात्र थिएछ

Tuesday, March 22, 2016

हेर्छु सबैको सोच्ने विचार आफ्नै आफ्नै
रुन्छु आँसुको भल सबैको आफ्नै आफ्नै
धर्किने मुटु पनि सबैको आफ्नै आफ्नै
अन्तिम श्वास पनि सबैको आफ्नै आफ्नै
कोर्दै छु भुई मा आफ्नै छायाको चित्र
त्यो आकार मा , म त्यो भित्र छुईन
म भित्र को म मा , उ मेरो एउटा कैदी हो
मेरो छायामा , उ एउटा निर्जीव लास हो

म भित्रको कारागर मा बन्द भएको मेरो आवाज
शुन्यता मा आफै कहिले काही एक्लै सुन्छु
मेरो काल्पनामा आँखा भरी आएको चित्र
आफु भित्रको खाली क्यानबशमा
आफु भित्र आफ्नै चित्र कोर्दै बस्छु

यो एउटा जीवन हो , जीवन जीवित हुन्छ
त्यो भित्र माया , घृणा , आशा , निराशा
सबै पाएको हुन्छ सबै गुमाएकाे हुन्छ
कोर्दै छु भुई मा आफ्नै छायाको चित्र
दुख्ने पिडा पनि मेरै हो
दुख्ने घाऊ पनि मेरै हो
खुशी अनुहार पनि मेरै हो
खुशी मन पनि मेरै हो

छनभर को लागि बाटोमा भेतोको
मात्र हो तनाउहरु
ढल फल हुने जीवनी केहि छन को
लागि साटेको मात्र हो
लुकी जाने जवानी केहि छन् को
लागि पैचो मागेको मात्र हो

पात बाट खस्दै गरेको एक थोपा
पानी त हौ हामी
घामको किरणमा बिहानै बिलि जाने
सिट को थोपा त हौ हामी
रेगिस्तानको मिग्रत्रिश्ना भित्र लुकेको
प्याश मात्र त हौ हामी

Sunday, March 20, 2016

रोएको आँखालाई होइन                                                                                 रोएको मन भित्र नियालेर हेर
मैले हराएको माया होइन
मैले गरेको माया रोएको पाउछौ
च्यातेर त देखाउन सक्दिन यो छाती
मेरो आँसु एक पल्ट अन्जुलिमा लिएर हेर

रित्तो भइ सकेको छ आँखा पनि
आँखा बाट आँसु बाहिर आउन पनि मान्दैन
न्यानो माया बिना , रितिएको छ संसार पनि
आँसु बगाएर बाटो बिचमा हिड्न पनि सक्दिन

देख्दैनौ मेरो आँसु मेरै नयन भित्र
जल्दैगरेको चिता मात्र देख्छौ आँखा भित्र
तिमी रुन्छौ भने म आँसु बनि बगी दिन्छु
तिमी दु:खी भै दु:खछौ भने म पिडा सहेर
तिम्रो निम्ती बाची दिन्छु
तिम्रो निम्ती आँसु बनी दिन्छु
एउटा निर्दोष नारि थिए म
तिम्रो नाम थपी दियौ यो  भाग्यमा
निशल भावना थियो यो हिर्दैमा
तिमीले कालो पोतो दियौ यो मनैमा

नारीले किन सहन्सिलता लिएर
जन्मनु पर्ने
नारीले के हिङ्शा सहेर यस संसारमा
बाच्नु पर्ने                                                                                                                                                                  नारी जन्मनु अगि नै संसार न देखि
मर्नु पर्ने
नारी बिनाको संसार बामे सर्दै गरेको
बालकलाई सोध

नारी ,                                                                                                                                                                       फाटेको कपडा सिलौनालाई चाहिने
सियो र धागो हो
नारी ,
बलुवा बाट पनि फुल उमार्नु सक्ने
त्यो छम्ता हो
नारी ,
हो उनी मेरो आमा हो , मेरो श्रदा हो
हो उनी मेरो ममताको आचल
कहाँ कसरी खोज्नु
उज्यालोमै हराएको आफ्नै छाया
कसैले भेटे सोधी देउ फर्की आउने हो कि हैन
बिना प्रतिबिम्ब उभी रहेको छु उज्यालो मुनी
कसैले भेटे उसलाई संदेश मेरो देउ

चादिनी रातमा जुनले ले पनि सोद्यो
हावा मा आएको फुलको बासनाले पनि सोद्यो
रात भरि अथैन् पार्दै सपनिले पनि सोद्यो
हराएको छाया फेरी भेटेउ भेटेन

कवितामा कविले बिम्ब हराएको जस्तो भएको छ
मैले यहाँ आफ्नै प्रतिबिम्ब हराएको छु
कसैले कुनै पनि अवस्तामा भेटेउ भने                                                                                                                                मेरो संदेश उसलाई सुनाइ देउ
नसामा हुँदा आँफैलाई  लुकाउन खोजेको होइन
मधिरा पिएर मैले जीवनी भुल्न खोजेको होइन
प्याला समाएर आफु बाट भाग्न खोजेको होइन
नसामा झुमेर ब्यथा पोखाउन खोजेको होइन

तिमीले कसरी बुझ्न सक्छौ मलाई , त्यसरी भुझ
मैले रक्सिको मित्रतलाई अगालेर जिएको होइन
कुन्चै मापदण्डमा तौलिन्छौ मेरो नसालु मायालाई
मैले मधिरा सित साईनो गासेर बाचेको होइन
कसैको लागी पिएर म रात भर डुलेको होइन

रात पर्दै जान्छ मेरो जीवनी सुरु हुँदै जान्छ
सपना देखी टाडा हुन खोजेको होइन
नसा भित्र जब म दुब्दै दुब्दै जान्छु
तब म आफैलाई भुल्दै भुल्दै जान्छु
नसामा हुँदा आँफैलाई  लुकाउन खोजेको होइन
सिउन फेरी सक्ने हुने भए                                                                                                                                                                   च्यातिएको मनलाई सिलाउथे
आँसु , आँसु नभई पानी भइ दिए
जीवनको प्याश मेटाउने प्रयाश गर्थे
एना भित्र पुरानो तस्बिर हुने भए
पुरानो जीवनी फिर्ता माङ्थे

त्यो समय मा फर्केर म जान सक्दिन
समयलाई त्यो छन् मा लगेर आफैलाई
उभाउन पनि सक्दिन
यात्रा मात्र रहेछ समय त्यस भित्र म थिए
समय बग्दै गयो बग्दै गयो म पनि बगी रहे
तिमीलाई उज्यालो मा खोजिरहे
आफैलाई अन्धकार मा हराए
बजार भरि हल्ला चलेको सुने मैले
कसरि भन्छौ मैले तिमीलाई घाट पुराए
                                                                                                             रात भर नसामा म डुबेको थिए
मर्ने प्रयाश मैले गरेको थिए
तिमीत खुशीमा हासेको थियौ
कसरी भन्छौ मैले तिमीलाई घाट पुराए

तिमी नयाँ सुर्यको बिहानिमा रमाएको थियौ
म त त्यही दोबातो भित्र अल्मलेको थिए
रातमा तिमी सन्चोले सुतेको बेला
बेहोसीमा मधुसाला भित्र म हराएको थिए
कसरी भन्छौ मैले तिमीलाई घाट पुराए
एउटा यात्रा यस्तो होस्
बाटो भरि सुन्दर यात्रीहरु भेटोस
बाटोको यात्री यस्तो होस्
सुन्दर बिचारको फुलबारी होस
अंगालो मार्ने यात्री धेरै हुन्छ
कसैको मनमा खोट न होस

मस्तिष्क ले आफ्नै यात्रा गर्छ
शरीर  को आफ्नै यात्रा हुन्छ
तर यो मनको यात्रा सुन्दर भावहरु
सित होस
आँखाको यात्रा अरु शरीर को अङ
भन्दा भिन्न हुन्छ
दिमागले आँखाले देखेको नराम्रो यात्रा
कहिले नअगालोस

Wednesday, March 16, 2016

छेकेर कसैको गन्तब्य मैले छेक्नु सक्ने होइन
खोसेर कसैको खुशी मैले पाउनु सक्ने होइन
मागेर कसैले मलाई यहाँ माया दिने होइन  
आफ्नो भाडा त यहाँ सदा रित्तो देख्छु
खोसेर मेरो जीवनी कहिले भरिने होइन

अग्लो अग्लो पर्खाल भित्र कैद छु लाग्छ
ठुलो ठेली किताब को सब्द भित्र बन्द छु लाग्छ
अनायस यो दिन रातलाई ओल्टाई पल्टाई हेर्छु
के को लागि ? किन मैले गरेको ?
एउटा रित्तो भाडा सुन्यतामा बजे जस्तो लाग्छ

कोहि बाहिर बाट नाङ्गो देख्छु
कोहि भित्र बाट नांगिएको देख्छु
लुगा लगाएर शरीर ढाकेर कहाँ हुदो रहेछ
आखिरमा हामी सबै नाङ्गो नै रहेछौ
रोएको आँखालाई होइन                                                                                 रोएको मन भित्र नियालेर हेर
मैले हराएको माया होइन
मैले गरेको माया रोएको पाउछौ
च्यातेर त देखाउन सक्दिन यो छाती
मेरो आँसु एक पल्ट अन्जुलिमा लिएर हेर

रित्तो भइ सकेको छ आँखा पनि
आँखा बाट आँसु बाहिर आउन पनि मान्दैन
न्यानो माया बिना , रितिएको छ संसार पनि
आँसु बगाएर बाटो बिचमा हिड्न पनि सक्दिन

देख्दैनौ मेरो आँसु मेरै नयन भित्र
जल्दैगरेको चिता मात्र देख्छौ आँखा भित्र
तिमी रुन्छौ भने म आँसु बनि बगी दिन्छु
तिमी दु:खी भै दु:खछौ भने म पिडा सहेर
तिम्रो निम्ती बाची दिन्छु
तिम्रो निम्ती आँसु बनी दिन्छु

Monday, March 14, 2016

मन्दिरमा गए पूजा गरे
शान्त खोजे यो मनलाई
गुम्बामा गए पूजा गरे
शान्त खोजे यो मनलाई
म किन धुखी छु ? थाहा छैन
के मा म धुखी छु ? थाहा छैन
अलमल छु म आफ़ुइ सित
वास्तविकतामा म भित्रको म
कतै हराए जस्तो छ यहाँ
रुखहरुले आफ्नो पात हराए जस्तो
आकाशले आफ्नो बादल हराए जस्तो
समुन्द्रमा छालहरु नभए जस्तो
किन म मन्दिर , गुम्बा मा नै जानु पर्ने
के म आफ़ु भित्र शान्त  खोज्न सक्दिन र ?
हर रात म हराउछु
हर रात म कराउछु
हर रात म चिथार्छु
आफ्नै टाउको भित्रको गिदीलाई  
अन्योलमा पार्दै सोध्न चाहान्छु
के शान्त अन्योलमा परेको गिदी मात्र हो ?
डोको भरि जीवनी बोकेर
हैसे गर्दै उ चौतारीमा थकाई बिसाउछ
माया देखाउछ बाटोले उसको पसिना हेर्दै
माटो र डुंगाले उसको मनको चोटलाई हेर्छ
बन जंगलले उसको बिर्सेको गीत सुन्न चाहन्छ
उसलाई दुनियाँले ठगि सकेको छ
पिडा देखि उसको मुटु पिल्शी सकेको छ
उसको हात उसको खुट्टाको ठेलाहरु बाट
भिर पाखुराले चोट खाएको नक्शा देख्छ
उसको जिउ को मैला बाट लाली गुराश ,                                                                                                               चापको फुलको मिठो मिठो बास्ना आउछ
उसको कस्तो बिडम्बना
काडे तारले छुटाएको सिमा जस्तो
चारै तिर बाट उ घेरिएको छ
एउतै भएको मानव अभिमान पनि
दोबाटोमा उ अलपत्र भएको छ
एक्लै सडकमा निक्लेर आन्दोलोंन गर्नु पर्छ कि क्या हौ भन्छ ?                                                                                   फेरी यो जडियालाई के पुगेन भन्छ होला  !!!!!!!!!
छेकेर कसैको गन्तब्य मैले छेक्नु सक्ने होइन
खोसेर कसैको खुशी मैले पाउनु सक्ने होइन
मागेर कसैले मलाई यहाँ माया दिने होइन  
आफ्नो भाडा त यहाँ सदा रित्तो देख्छु
खोसेर मेरो जीवनी कहिले भरिने होइन

अग्लो अग्लो पर्खाल भित्र कैद छु लाग्छ
ठुलो ठेली किताब को सब्द भित्र बन्द छु लाग्छ
अनायस यो दिन रातलाई ओल्टाई पल्टाई हेर्छु
के को लागि ? किन मैले गरेको ?
एउटा रित्तो भाडा सुन्यतामा बजे जस्तो लाग्छ

कोहि बाहिर बाट नाङ्गो देख्छु
कोहि भित्र बाट नांगिएको देख्छु
लुगा लगाएर शरीर ढाकेर कहाँ हुदो रहेछ
आखिरमा हामी सबै नाङ्गो नै रहेछौ
आँसु न बगी देउ यो नयन बाट
कुनै पिडा छैन मलाई यो छाती भित्र
बरु खुशी ब्यक्त गरि देउ हे मेरो मुटु
अरुको खुशीमा मलाई कुनै जलन छैन

आँसु तिमी बग्न चाहन्छौ भने
एकान्त , अध्यारो ठाउँ रोजेर बग
आँसु तिमी भित्रको नुनिलो पन
स्वार्थ संसारमा रुचऊदैन कसैले
आँसु तिमी निर्दोष छौ
दोष तिमीलाइनै दिन्छ यो दोगी मानिसले

आँसु आँखा बाट तिमीले सबै देख्छौ
फेरी किन तिमी बाहिर आउन चाहन्छौ ?
जब तिमी नयन बाहिर आउछौ
तिमीलाई राम्रो संगले बग्न पनि दिदैन
तिमीलाई पुछेर तिमी बाटै मेटाई दिन्छ
आँसु न बगी देउ यो नयन बाट

Saturday, March 12, 2016

मैले बुझेको हिज
आज भन्दा भिन्द थियो                                                                                                                                भोलि लाई धेखेको छुइन
मन मा लाग्छ कस्तो हुन्छ होला
लाग्छ हिज र आज भन्दा भिन्दै हुन्छ होला
आसा त हो मान्छेको
उज्यालो र खुशी हुन्छ होला
तर र यदि शब्दकोश मा न भइ दिएको भए
कहाँ गयो होला ति दिनहरु
बेनिज को आलु र भुजाको झोल सरि
खबर कागज को शब्दहरु संगै चाटेको
कहाँ गयो होला ति दिनहरु
गौरी भैयाको चप खानु झादा भैयाले भनेको
आपिका इन्तजार था
गजक्क भएर दुइता को थाउमा चार वटा मंगाको
कहाँ गयो होला ति दिनहरु
भोला भैयाको आलुदमको लागी
गोजी मा पैसा नभएको
कहाँ गयो होला ति दिनहरु
रिङ्ग हल र क्यपितोल हल मा
गान्दी क्लास मा दिन भरिको तिन वटै शो हेरेको
कहाँ गयो होला ति दिनहरु
मन मन मै लभ मन मन मै ब्रेक भाको
St Terisa , Boarding अनि Municipal
school को केटि अगी आउँदा आँफै रातै भाको
कहाँ गयो होला ति दिनहरु
एउटा सानो कोठामा सबै मायाको साथ अताको
दाजु भाई दिदी बहिनी झगडा गर्दै फेरी मिलेर माया बातेको
कहाँ गयो होला ति दिनहरु
मुरै को दल्ला , रास्तेको पथर सित माया बसेको
कहाँ गयो होला ति दिनहरु
गाऊ घर मा मराउ परे तेह्र दिन्नै रुङ्नु बसेको
फेरी साथीले कोरा बाटै ताश खेलेको
कहाँ गयो होला ति दिनहरु
गाउ है गाउ  ले भरेको छाती भित्र
आजात  श्वास फेर्ने आफ्नो माटो खोजेको
कहाँ गयो होला ति दिनहरु
बेकारीमा गोजिमा पैसा न भए पनि
जीवनीलाई पाल्ने अत्तोत मोनोबल भएको
अब त सपना मात्र देखेको जस्तो लाग्छ
भोली फेरी भन्छु होला आजको दिनलाई सम्झेर
कहाँ गयो होला ति दिनहरु
किनेमा जस्तो गनाउने भएको छु                                                                                                                      किनेमा जस्तै गनाउने कविता लेख्दैछु
जीवनीको नाङ्गो चित्र मा गनाउने सब्द भएर
आफै कोरिन्दै छु
संगीतको बेसुरा धुन भर्छु यो गनाउने कवितामा
अज धेरै लेख्दै जीवनी लाई गनाउने बनाउछु
किनेमा जस्तो गनाउने कविता लेखेर

भत्ताबुङ लथालिङ गुन्द्रुक जस्तो कविता मेरो
सिन्कीको गनाउने झोल जस्तो भएको छ मेरो कविता                                                                                        सेलरोटी जस्तो गुमेर चुताएको छ मेरो कविता                                    
सुँगुर , रायो को साग र कालो दाल सित लपतिएको
छ मेरो कविता
स्वदिस्त म त समाजको गनाउने किनेमा हु

तिमीले जुनै सब्द लगाएर बोलाए पनि हुन्छ
बदनाम सब्द प्रयोग गरे पनि हुन्छ
घृणाको सब्द प्रयोग गरे पनि हुन्छ
गनाउने सब्द प्रयोग गरे पनि हुन्छ
कुनै पनि नराम्रो उपनाम दिए पनि हुन्छ
आखिर म त समाजको गनाउने किनेमा हु
तर भात सित मुछेर खायौ भने म धेरै स्वादिलो हुन्छु
म मर्दै गर्दाको मेरो अन्तिम कविता
शब्दहरुको लस्कर मलामी बनेको हुन्छ
कलमको मसि आँसु बनेर बगी रहेको हुन्छ                                                                                       मेरो किताब मेरो कपि चिता बनेर पर्खि रहेको हुन्छ

मेरो नाङ्गो शरीर हावाको सिम्फोनी सित
नाच्दै हल्ला गर्दै हिडी रहेको छ
म भित्रको नाङ्गो भावहरु गीत बन्न खोज्दा खोज्दै
रक्सी संग बिक्री भएर बाटोमा हलिन्दै हिडी रहेको छ
यो नाङ्गो संसार आज जीवनीमा बोज भएर
हर रात एक्लै एक्लै हिडी रहेको छ
मलाई मन पर्ने रंगहरु आज सेतो अनि कालो मात्र भएर                                                                        कालो कोठाको भित्तामा चित्र भएर झुण्डी रहेको छ

एउटा जीवनले जीवनी सोद्न्न कहाँ पाउदो  रहेछ
एउटा कुवाको पानी कहाँ समुन्द्र हुन पाउदो रहेछ
सम्झी बस्दा जीवनीको आफ्नै                                                       यथार्थ थियो
तिमी सीताको आजको मिलानमा
कुनै एउटा भावुकता थियो
किन हो तिमी लजालु आधार मा थियौ
हाम्रो हर वाक्यमा अतितको
कुनै झल्झल को थियो

मिलन र बिछोड पनि जीवनको
एउटा यथार्थ हो
हासो भित्र बाचेको जीवनी
एउटा नाटक जस्तो मात्र हो
आँसु भित्र बाच्दै गरेको जीवनी
समुन्द्रको छालले फाकेको एउटा
थोपा पानी जस्तो मात्र हो

यो मिलनले तिमी पनि भावुक भयौ होला
रात भरि , निद भित्र छथ पठायौ होला
अतितलाई सम्झेर कति आँसु बगायौ होला
मेरो पनि त्यस्तै हाल थियो यहाँ
अब म के भनौ , यसलाई एउटा यथार्थ
सम्झेर बाच्ने प्रयास गर

Friday, March 11, 2016

पानी माथि रङ मिसाई दिएर
रुप नै बदली दिन्छन
एउटा रङ माथि अर्को रङ थपि दिएर
अस्तित्व मेटाई दिन्छन
मिश्रण गर्ने बानि बसिसकेको छ
बदलिदै जाने यस संसारलाई
नकाब ओड्दै हरदिन बदलिने
बानी बसिसकेको यस संसारलाई
खोग्रो खोग्रो मस्तिक लिएर घुम्ने
रित्तो आत्मा मात्र देख्छु सडक भरि
स्वाँग गर्दै समाझ्लाई सुदार्छु भन्दै
कुदनेको हुल भित्र म पनि होमी पठाउछु
आफ्नो चरित्र माथि हरियो , रातो रंगले पोत्छ
भित्र लुकेको त्यो कालो रंग कहिले देख्दैन
यहाँ हर एकलाई कयौ रंगहरुको झन्डाले
उनीहरुको मानिस्तिकतालाई कैदी बनाएको छ
स्वतन्त्र भएर केहि सोच्न सक्दैन
उनीहरु machine जस्तो भएको छ
आफ्नो सिधान्त भन्दा किताबको सिधान्त ज्यादा बोल्छ
अहिले भोलि होलि को चाड आउनु पर्दैन
हर दिन यहाँ मानिसहरु भिन्दै भिन्दै रंग पोतेर
हिडी रहेको हुन्छ
बिहानी पाखा आफ्नो मातोको
सित्तल पवनले छोएर जादा                                                                                                                                             यो हीर्दै के भाको अचम्म
सान्त मन्त्रको आवाज गुन्जे जस्तो भयो
रित्तो पन भए लाग्थ्यो यो मनमा
आज किन हो नयाँ सुर्य उधाए जस्तो भयो
अन्धकार रातलाई चिरेर उज्यालो किरण जस्तो
आज किन यो मन प्रफुलित भयो

यी जंगलहरु मेरो प्रतिक्क्षामा
जुनी जुनी देखि उभेर बसेको आभाष भयो
यी फूलहरु मलाई सुगन्द छर्न को लागि
भिर पाखुरामा फुलेको महसुस भयो
मेरो निम्ति यी चरा चुरिंगीले
खुशी हुँदै गीत गाएको आभाष भयो
मेरो आगमनमा बन डादा
डम्फुको तालमा नाचे जस्तो लग्यो

आज त्यो दिनको सम्झना आयो
जब यो माटोलाई छोडेर टाडा भै जादा
भन्ज्यांग चौतारी रोएको झल् झल् को भयो
छनिक समय को फर्किए आज
फर्केर जादा कतै आसु फेरी
बररर झर्ने त हो कि
हे कवि न लेख कविता
जब सम्म तिम्रो मा पैसा छैन भने
हे कवि तिमी सम्बन्द नगास
तिम्रो कवितामा पैसा गनौदैन भने
तिम्रो कविताले तिम्रो खाना पस्किन्दैन
तिम्रो कविताले टाउको छेक्ने छत दिन्दैन
तिम्रो कविताले तिम्रो नाङ्गो शरीर छेक्दैन
तिमीले लेखेको सब्धहरु
भोख भोकै बाटोमा दुली रहेको छ
तिम्रो भावहरु बाटोको कुनामा
पानीले रुज्दै उभेर नाङ्गो संसार हेरिरहेको छ
हे कवि जब तिमीले लेख्न छोड्छौ
यहाँका आन्दोलनहरु लथालिङ्ग हुन्छ
हे सोझो कवी फेरी तिमीलाई उचाल्छ
यो स्वार्थ संसारले , तिमीलाई लेख्न बाध्य गराउछ
अब के लेख्न चाहन्छौ हे लाता कवि
त्यती खेर सम्झ
तिम्रो भोख
तिम्रो टाउको माथिको छत
तिमी भिज्दै गरेको त्यो बारीश
हे कवि तिमीलाई एउटा कुरा भन्न भुलेछु
तिमीलाई jocker मात्र सम्झंछ
समाझ तिमीलाई हेरेर हास्छ
तिमीलाई देख्ने बित्तिकै bore मान्छ
तिम्रो बोलीहरु अरुलाई पच्दैन्न
तिमीलाई देख्ने बित्तिकै भाक्न थाल्छ
म त अब के भन्नु तिम्रो कवि मन
एकै छिन मा पग्ली जाने
हे कवि तिमी धुखेको हुन्न्दैनौ ,                                                                                                                               तिमीले संसार धुखेको देख्छौ
तर संसारले तिमी धुखेको देख्छ
हे कवि तिमी टुटेको हुन्दैनौ
तर मानिसले तिमीलाई टुटेको देख्छ
हे कवि तिमीलाई गरीब र नाङ्गो देख्छ
मलाई लाग्छ तिमीनै संसारको धनि व्यक्तित्व हौ
मेरो एउटा सानो सम्झना संसारका ति महान कवि अनि
लेखकहरुलाई
जो अहिले पनि यस संसारमा छन् उनीहरुलाई मेरो salute छ
जो हाम्रो सम्झनामा मात्र सिमित छन् उनीहरुलाई मेरो बाट
हार्दिक श्रदान्जली
डुब्न लागेको घाम भएको छु भन्छ उसले
छितिश पारी बातै हेरिरहेको छु मैले उसलाई
आँसु सित बिताएको रातको दु:ख पोख्छ उसले
जीवन भर डरेलो लागेको मुटु भित्रको ब्यथा
कसरी भन्नु उसलाई

जीवन भर ओडने कपडा हो माया
न सानो भएर जान्छ न फाटेर नै जान्छ
रात सित साटेको दिन हो माया
न बादलनै लाग्ने गर्छ न अन्धकार नै हुने गर्छ
काडा बाट जितेको फुल हो माया
पाइतालालाई कहिले पनि काडा माथि तेक्न नै दिन्छ

सम्बन्ध गास्नु भनेको जीवनी समृप्रित गर्नु हो
माया भनेको दुई मुटु एक हुनु हो  
सम्बन्ध कहिले पनि टुटेर जान्छ
माया जुनी जुनी सम्म अमर भएर बाच्छ
डाढा पारी आधी हुरी चलेछ
मन मेरो यहाँ खिन्न भएछ
डाढा पारी पैरो गएछ
पैरो सितै मेरो मुटु पनि यहाँ बगेर गएछ
ज्योतिसिलाई हात देखाएको थिए
सबै ठिकै हुन्छ भनेको थियो
आज आधी हुरिमा मेरो गाउ ढलेर गएछ

गाउमा मेरो परिवार बिचलित होला
गाउका सबै मानिस भोख भोखै होला
मेरो आँसु ले उनिहरुको प्यास मेतिन्दैन
यहाँ म सुर्ताएर उनीहरुको नाङो शरीर दाक्दैन
यहाँ म चिन्तमा बसेर उनीहरुको पेट भर्दैन
अब त यो नाङ्गो सडक म मात्रै एक्लै पागल भएछु

कसैको चित्कार सुन्दैन यहाँ सबै मानिस बैरो भएको छ
देख्दैन कसैको ढु:ख यहाँ संसार सबै अन्धो भएको छ
एउटा कथा सुन्छौ भने उसको मनको कुरा भन्छु
माया भित्र ग्रिना पनि लुकेको हुन्छ                                                                                                                        बिस्वाश भित्र अबिस्वाश पनि लुकेको हुन्छ
एउटा चरित्र भित्र अनेकौ चरित्र लुकेको हुन्छ
एउटा आसा भित्र धेरै निरासा पनि लुकेको हुन्छ

उसले मायामा कति झुठ देखेको छ
उ कयौ रात झलेर जिएको छ
उसले सपनीमा सुन्धर संसार देखे पनि
बिपनिमा मा जलेको संसार देखेको छ

कयौ चोटी उसले अनिदो आँखा बिछाए आगन भरि
धेरै चोटी अगेनाको छेऊ मा रुँदै एक्लै एक्लै रात बिताए
सानो उज्यालो किरण को साहारामा जुनी बिताए
त्यो सानो अध्यारो कोठामा                                                                                                                              घामको किरणले उसको जीवनलाई कहिले छोएन
यो मधुसाम आज मधुसाला भित्र
मधिरा को प्याला सित रमाउदै
सांगीतिक महौल छ कोठा भरि
एक नजर म मधिराको प्यालालाई हेर्छु
उसले मलाई प्यासी नजरले हेर्छ
मेरो मुटु मेरो ओठ काप्छ
उसलाई म एक गुटको मा स्वात्त निली पठाउछु
मेरो मधुसमा यहि बाट सुरु हुन्छ

एउटा मथुको प्यास , उसको तृष्णा
जब नशा भित्र डुब्दै डुब्दै जान्छ
उसले जीवनीलाई टाउको बाट पनि नाप्छ
जीवनीलाई पैताला माथि पनि उभाएर पनि हेर्छ
केवल रकसी पिउदा निल्नु गारो भए जस्तो
त्यसको अनुभूति मात्र भए लाग्छ गिन्दगी