Saturday, March 26, 2016

कहिलेकाही , किनारालाई छोडी जाने
बग्ने पानी भइ दिन्छौ
कहिलेकाही , समुन्द्रको छाल बनि
डुबाइ दिन्छाै जीवनी
कहिलेकाही , बाध्यताको घुम्टो भित्र लुकी
धेरै टाडा भाक्न खोज्छौ
कहिलेकाही , एउटा आशा दिएर
धकेलि दिन्छौ निरासा पनमा

म अहिले एउटा प्रश्न भएको छु भने
त्यस समयमा म तिम्रो उत्तर थिए
म अहिले आएर तिम्रो समस्या भएको छु भने
त्यस समय तिम्रो समस्याको समाधान थिए                                                      झुठै झुठ ले भरेको त्यो मनमा
हाम्रो बिचको कथा एउटा मरीचिका मात्र थिएछ

No comments:

Post a Comment